बीएमडब्ल्यूको आई भिजन डीईई कन्सेप्ट ईभी सार्वजनिक

  • Technology Khabar | २२ पुष २०७९, शुक्रबार
बीएमडब्ल्यूको आई भिजन डीईई कन्सेप्ट ईभी सार्वजनिक

काठमाडौं ।

बीएमडब्ल्यूले सीईएसमा आई भिजन डीईई इलेक्ट्रिक स्पोर्ट सेडान कार घोषणा गरेको छ। यो एप्पलको लामो समयदेखि चर्चामा रहेको ईभीलाई टक्कर दिने कन्सेप्ट कार भएको म्याकरोमरर्सले उल्लेख गरेको छ।

आई भिजन डीईईले केही अमेजन भ्वाईस-रिकोग्निसन टेक्नोलोजी प्रयोग गर्दछ, तर मुख्य रूपमा बीएमडब्ल्यूको आफ्नै सफ्टवेयर-आगामी पुस्ताका सवारी साधनका लागि पहिलो दृष्टिकोणलाई देखाउँछ। जुन एप्पल लगायत टेक कम्पनीहरूसँग पहिलेदेखि प्रतिस्पर्धा गर्नका लागि डिजाइन गरिएको सुविधा हो।  अटो उद्योगमा प्रवेश गर्ने रणनीतिमा रहेको देखिन्छ। बीएमडब्ल्यूले सन् २०१९ पछि आफ्नो लाखौं सवारी साधनहरूको लागि ओभर–द–एयर सफ्टवेयर अपडेटहरू प्रस्ताव गरेको छ, र अगाडि बढ्दै, यो डेटा सुरक्षा, विकासकर्ताहरूलाई मार्गनिर्देशन, र सिमलेस डिजिटल एकीकरणमा केन्द्रित रहेको बताइन्छ।

आई भिजन डीईईमा ड्राइभरहरुले ड्यासबोर्डमा मिक्स्ड रियालटी स्लाइडर डिस्प्लेबाट पाँच फरक स्तरको जानकारीबाट छनोट गर्न सक्छन्। जसमा अग्मेन्टेड रियालिटी दिशात्मक संकेतहरु र सोशल मिडिया सूचानाहरु समावेश छन्। सम्पूर्ण विन्डशील्डले ठूलो प्रक्षेपित डिस्प्लेको रुपमा कार्य गर्दछ। बीएमडब्ल्यूको नेक्स्ट जेनरेशन भ्वाइस असिस्टेन्ट ‘डीईई’ले ड्राइभरलाई सहायता प्रदान गर्ने, ड्राइभरको पहिचान गर्ने, स्वचालित रुपमा ढोका खोल्नेलगायत थप सेवा प्रदान गर्न सक्छ।

यसमा २४० व्यक्तिगत रुपमा नियन्त्रित ई इंक पेन्टवर्क सेगमेन्ट छ जसले कारको पुरै रंग र डिस्प्ले प्यार्टन परिवर्तन गर्न सक्छ। आई विजन डी एक व्यापक सफ्टवेयर आधारित सवारी प्लेटफर्मको शुरुवातको भागको रुपममा २०२५ सम्म उपलब्ध हुनेछ।

प्रकाशित: २२ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...