
काठमाडौं ।
चर्चित एप्पल उद्योग चेन विश्लेषक मिङ ची कुओको भर्खरको ट्वीटमा एप्पलको डिस्प्ले आपूर्तिकर्ताहरूको नयाँ सर्भे देखाइएको छ। उक्त सर्भेले चीनको बीओईले आगामी आईफोन १५ र १५ प्लसको डिस्प्ले आपूर्तिमा २०२३ को मध्यमा सामसङलाई पछि पारेको देखाइएको छ।
यदि आईफोन १५ र १५ प्लसको विकास र उत्पादन आगामी केही महिनाहरूमा बिना अवरोध रूपमा चल्यो भने बीओई सबैभन्दा ठूलो स्क्रिन आपूर्तिकर्ता हुनेछ। चिनियाँ डिस्प्ले ब्रान्डले आपूर्तिको करिब ७० प्रतिशत र सामसङको ३० प्रतिशत हिस्सा हुने गिगचाइनाले उल्लेख गरेको छ।
आईफोन १४ सिरिजका लागि बीओईले ६.१ इन्चको आईफोन १४ को डिस्प्ले आपूर्तिको जिम्मा पाएको थियो। बीओईले १२ देखि १५ प्रतिशत डिस्प्ले ढुवानी गरेको थियो। मिङ ची कुओका अनुसार २०२३ मा आईफोन स्क्रीन ढुवान वार्षिक वृद्धि दर सजिलै ७० देखि १०० प्रतिशत पुग्नेछ।
साथै उनले सन् २०२४ हाई एन्ड आईफोनमा बीओईले ठूलो परिणामा एलटीपीओ डिस्प्ले ढुवानी गर्ने बताए। हाई एण्ड आईफोनमा सामसङ र एलजीको डिस्प्ले प्रयोग हुँदै आइरहेको छ।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार