स्टेलान्टिसले अमेरिकी फर्म आर्चरको एयर ट्याक्सी निर्माण गर्ने

  • Technology Khabar | २२ पुष २०७९, शुक्रबार
स्टेलान्टिसले अमेरिकी फर्म आर्चरको एयर ट्याक्सी निर्माण गर्ने

काठमाडौं ।

कार मेकर स्टेलान्टिसले आर्चर एभिएसनको ईलेक्ट्रिक एयरक्राफ्ट मिडनाइट ईभीटीओएल निर्माण गरी उक्त अमेरिकी कम्पनीमा आफ्नो हिस्सेदारी वृद्धि गर्ने दुई कम्पनी सहमत भएका छन्।

औद्योगिक फर्महरु र अन्य नयाँ स्टार्टअप कम्पनीहरु उक्त एयर ट्याक्सीको निर्माणको लागि लगानी गर्न इच्छुक भएको उल्लेख गरिएको छ। भर्टिकल्ली टेक–अफ र अवतरण गर्ने उक्त एयर ट्याक्सी छोटो दुरीको यात्राहरुका लागि उपयोगी हुने छ। विशेष गरी बाक्लो ट्राफिक भएको सहरहरुमा उक्त एयर ट्याक्सी उपयोगी हुने बताइएको छ।

पाइलट र चारजना यात्रु बोकेर १६१ किलोमिटरको रेन्ज प्रदान गर्ने भर्टिकल टेक–अफ एण्ड ल्याण्डिङ (ईभीटीओएल) मिडनाइट एयरक्राफ्ट जर्जियाको कभिङटनमा २०२४ देखि उत्पादनमा आउने छ।

उक्त एयरक्राफ्ट करिब २० माईलको छोटो दूरीको यात्राहरुको लागि डिजाइन गरिएको बताइएको छ।

स्टेलान्टिसको लक्ष्य भनेको आर्चरको ईभीटीओएल एयरक्राफ्ट मासप्रोड्यूस गर्ने रहेको कम्पनीहरुले संयुक्त वक्तव्यमा बताएको छ।

प्रकाशित: २२ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार