पानासोनिकले ल्यायो लुमिक्स सिरिजमा फुल–फ्रेम मिररलेस हाईब्रिड क्यामरा

  • Technology Khabar | २१ पुष २०७९, बिहीबार
पानासोनिकले ल्यायो लुमिक्स सिरिजमा फुल–फ्रेम मिररलेस हाईब्रिड क्यामरा

काठमाडौं ।

भिडियो रेकर्डिङ कार्यलाई विशेष प्राथमिक्ता दिँदै पानासोनिकले लुमिक्स एस५ टू र एस५ टूएक्स फुल–फ्रेम मिररलेस हाईब्रिड क्यामराहरु अनावरण गरेको छ।

लामो समयदेखि विद्यमान कन्ट्रास्ट डिटेक्सनमा आधारित डेफ्थ फ्रम डि-फोकसिङ (डीएफडी) टेक्नोलोजीको सट्टा पानासोनिकले आफ्नो दुई क्यामरा लुमिक्स एस५ टू (S5II) र एस५ टूएक्स (S5IIX) हरुमा फेज डिटेक्सन अटोफोकस (पीडीएएफ) फिचरलाई समावेश गरेको उल्लेख छ। साथै उक्त दुई ओटा फुल–फ्रेम मिररलेस हाईब्रिड क्यामराहरु फेज डिटेक्सन अटोफोकस (पीडीएएफ) फिचरलाई समावेश गर्ने पानासोनिकको पहिलो क्यामराहरु भएको बताइएको छ। फोटोहरुको लागि उचित मानिएता पनि डीएफडी विधि भिडियोहरुको लागि भने सुस्त र भरपर्दो नहुनुका साथै फोकसिङमा समस्याहरु उत्पन्न भईराख्ने हुन्छन्।

नयाँ २४.२ एमपी ३५ एमएम फुल–फ्रेम सीएमओएस सेन्सरको पूर्ण रुपमा परिमार्जित फोकसिङ सिस्टमलाई लुमिक्स एस५ टू र एस५ टूएक्स क्यामराहरुमा समावेश गरी उक्त फोकसिङको समस्याहरुलाई समाधान गरिएको बताइएको छ।

नयाँ फेज हाईब्रिड अटो–फोकस सिस्टमले फेज डिटेक्सन अटोफोकस (पीडीएएफ) र निरन्तर ट्रयाकिङ गर्ने ७७९ एएफ पोइन्टस् सहितको कन्ट्रास्ट डिटेक्सन सिस्टम संयुक्त रुपमा प्रयोग गर्ने बताइएको छ।

त्यसैगरी लुमिक्स एस५ टू र एस५ टूएक्स क्यामराहरुको भिडियो रेकर्डिङ पर्फमेन्स एस१एचसँग तुलना गर्न योग्य भएको बताइएको छ। उक्त क्यामराहरुमा ६के १०-बिट ४ः२ः० र ४के १०-बिट ४ः२ः२ रेकर्डिङ अप्सनहरुको रुपमा छनोट गर्न मिल्नेछ। साथै बिल्ट-इन फ्यान र हिट सिंक सहित नयाँ हिट डिस्पर्सन मेथडले गर्दा ओभरहिटिङको समस्या बिना नन्-स्टप रुपमा फोरके भिडियो रेकर्डिङ गर्न सकिने छ। क्यामराहरुमा भी–लगरभी–गामुट सहितको १४ प्लस स्टप्सको डाइनामिक रेन्ज भएको र कलर ग्रेडिङका निम्ति रियल टाइम लूक-अप-टेबल्स (एलयूटीएस) सपोर्ट गरी एलयूटीएसलाई क्यामरामा सिधै अपलोड गर्नेछ।

अन्य फिचरहरुमा डुअल नेटिभ आईएसओ, मेकानिकल सटर सहित ९एफपीएस एएफएस/७एफपीएस एएफसी ब्रस्ट मोड र ३० एफपीएस एएफएस/एएफसी को ईलेक्ट्रोनिक सटर, ४८किलोहर्जर/२४-बिट ईन्टर्नल माईक्रोफोन रेकर्डिङ, ९६ किलोहर्ज/२४-बिट एक्सटर्नल माईक्रोफोन, एचडीएमआई पोर्ट, ३६८०के डट ओएलईडी भिउफाईण्डर, ३.० ईन्चको फुल्ली आर्टिकुलेटिङ १८४०के डट टचस्क्रिन, यूएसबी–सी चार्जिङ, डुअल–ब्याण्ड वाई–फाई, ब्लुटुथ र स्प्ल्यास एण्ड डस्ट–रेजिस्ट्यान्ट म्याग्निसियम एलोय डाईकास्ट बडी रहेको छ।

प्रकाशित: २१ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार