
काठमाडौं ।
एनभिडिया जीफोर्स नाउ अब एन्ड्रोइड अटोमोटिभमा उपलब्ध पहिलो गेम स्ट्रिमिङ सेवाको रूपमा आउने तय भएको छ। लस भेगासको सीईएस २०२३ मा, एनभिडिया ले आफ्नो नयाँ जीफोर्स नाउ (GeForce NOW) क्लाउड गेमिङ सेवा पोलेस्टार ३ मा यस वर्षको अन्त्यमा आउने र थप अन्य धेरै सवारी साधनहरूसँग आउने जानकारी दिएको छ।
यसबाहेक, एनभिडियाले साझा गरेअनुसार फक्सकन र मर्सिडिज बेन्ज जस्ता थप अटोमेकरहरूले ईभी डिजाइन र स्वचालित उत्पादनमा यसको कम्प्युटिङ प्रविधि लागू गर्न चाहन्छन्।
एनभिडिया ३० वर्षदेखि गेमिङ, एआई, र कम्प्युटर ग्राफिक्सको सीमालाई धकेल्दै आएको द्रुत कम्प्युटिङ प्रविधिको विश्वव्यापी नेता हो। समयसँगै, कम्पनीले पिसी गेमिङभन्दा बाहिर पूर्ण-स्ट्याक कम्प्युटिङमा विस्तार गरेको छ, जसमा अटोमोटिभ उद्योग र ईभीहरु समावेश छन्।
गत वर्षको सुरुमा एनभिडियाको ड्राइभ प्लेटफर्मसँग एकीकरणको साथ नजिकको काम गर्ने सम्बन्धको पुष्टि गरेपछि, अर्को स्पष्ट चरण भनेको इन-भेहिकल मनोरन्जन प्रणालीमा एनभिडियाको प्रिमियर क्लाउड गेम स्ट्रिमिङ सेवाको परिचय हो। नयाँ ब्लग पोष्टमा घोषणा गरिएअनुसार, जीफोर्स नाउ हुण्डाई समूह (जसमा जेनेसिस र किआ समावेश छ), चीनको बीवाईडी, र पोलेस्टार लगायतका धेरै कार निर्माताहरूसँग एन्ड्रोइड अटोमोटिभको लागि आउनेछ।
कारहरू गतिमा हुँदा स्ट्रिमिङ सेवा उपलब्ध नहुने सम्भावना धेरै छ, तर यसले केही ठूला र उत्कृष्ट फ्री-टु-प्ले शीर्षकहरू सहित १५ सय भन्दा बढी खेलहरूमा पहुँच सक्षम पार्नेछ। तर समर्थित सवारी साधनहरूमा गेम-स्ट्रिमिङले कत्तिको राम्रोसँग काम गर्नेछ भन्ने हेर्न बाँकि नै छ।
प्रकाशित: २१ पुष २०७९, बिहीबार