
काठमाडौं ।
नयाँ बीएमडब्ल्यू आईएक्स२ इलेक्ट्रिक एसयूभी पहिलो पटक परीक्षणको क्रममा बेलायतको सडकमा देखिएको छ। अटोएक्सप्रेसको स्पाई फोटोग्राफरले चिसो मौसममा परीक्षणको क्रममा बीएमडब्ल्यू आईएक्स२ इलेक्ट्रिक एसयूभी देखेका हुन्।
आईएक्स२ आकारमा ह्याचब्याकको सट्टा सानो एक्स४ कूप एसयूभीसँग मिल्दोजुल्दो हुनेछ। यसमा एक्स१ को जस्तै समान आकारका ग्रिल र हेडलाइट डिजाइन छ। अल इलेक्ट्रिक भर्सनमा परम्परागत बीएमडब्ल्यू किडनी ग्रिल खाली गरिएको देख्न सक्छौं। विन्टर टायर र एलोय ह्वीहरु पूर्ण रुपमा परीक्षणको लागि दिएकाले यो अन्तिम उत्पादनमा कारमा नहुन सक्छ।
नयाँ आईएक्स२मा यूकेएल२ आर्किटेक्टर हुनेछ जुन आईएक्स१ मा थियो। यसको मतलब ३०८ बीएचपी र ४९४ एनएम टर्कका लागि ६४.७ किलोवाट आवरको ब्याट्री हुनेछ। ईभीले ५.७ सेकेन्डमा ० देखि ६२ माइल प्रति घण्टा र अधिकतम गति ११२ माइल प्रति घण्टा हुने अपेक्षा गरिएको छ।
बीएमडब्ल्यू आईएक्स१ फुल चार्जमा २७२ माइल रेञ्ज प्रदान गर्न सक्षम थियो। नयाँ बीएमडब्ल्यू आईएक्स२मा भनेर रेञ्जमा केही सुधार हुने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: २० पुष २०७९, बुधबार