Technology Khabar २ असार २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २ असार । माइक्रो ब्लगिंग साइट ट्वीटरले डिजाइनमा निकै परिवर्तन गरेको छ । यसको नयाँ डिजाइन अब अधिकांश प्रयोगकर्ताले अनुभव गर्न पाउने भएको छ ।
ट्वीटरले विशेषगरि आईओएसका लागि निकै ठूलो परिवर्तन गरेको छ । यसअघि नै केहि डिजाइनहरु एन्ड्रोयड प्रयोगकर्ताहरुका लागि भने उपलब्ध भईसकेका थिए ।
ट्वीटरले साना किसिमका धेरै डिजाइनहरु परिवर्तन गरेको छ, जसमा रिट्वीट गर्ने आइकनलाई पहिलेको भन्दा अधिक चककिलो पारिएको छ ।
यसमा भएको नेभिगेसनलाई पहिले भन्दा सहज बनाईएको छ भने प्रोफाइल फोटो स्क्वायरबाट राउण्ड बनाईएको छ । 
त्यसैगरि आईओएस एपमा नयाँ ट्याब राखिएको छ जसले स्वाइप गरेर तपाईँको प्रोफाइल हेर्न सकिनेछ । यस्तो किसिमको परिवर्तन यसअघि नै एन्ड्रोयड मोबाइलमा उपलब्ध भईसकेको थियो । अहिले भने यसबाट निकै राम्रो प्रतिकृया पाएपछि कम्पनीले सबैलाई यो उपलब्ध गराएको हो ।
अब ट्वीटरको नयाँ डिजाइनमा फन्टहरु पनि परिवर्तन गरिएको देख्न सकिन्छ भने यसको हेडलाइनहरु बोल्ड गरिएको छ । अब ट्वीटको बटनमा कसैलाई रिप्लाई गर्नको लागि कब्र्ड एरोको स्थानमा स्पीच बबल राखिएको छ ।
परिवर्तन गरिएको डिजाइनअनुसार अब रिट्वीटमा लाइभ अपडेट देखिनेछ । यसको अर्थ अब तपाईँको ट्वीटलाई कसैले रिट्वीट गरेको छ भने पेज रिफ्रेस गर्नुपर्ने झन्झट हटेको छ ।
यस्तो अब लाइक काउन्टसमा पनि हुनेछ ।
तर सबैभन्दा महत्वपूर्ण विषय भनेको ट्वीटरको ट्वीटलाई एडिट गर्ने फिचर भने दिईएको छैन् ।
प्रकाशित: २ असार २०७४, शुक्रबार