
काठमाडौं ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको प्रतिलिपी सिफारिस अनलाइन मार्फत प्रदान गरिने भएको छ।
सवारी चालुक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजत पत्र हराएमा सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारक वेबसाइट मार्फत परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्न सकनेछ। अनलाइन फर्म भरेको ७२ घण्टा पश्चात अनलाइन मार्फत नै हराएको सिफारिस उपलब्ध गराइने प्रहरीले जानकारी दिएको छ।
यस अघि ट्राफिक जरिवान अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्दै आइरहेको छ।
प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्देश्यले यो सुविधाल लागु गरिएको सूचनामा उल्लेख छ।
प्रकाशित: १८ पुष २०७९, सोमबार