
काठमाडौं ।
क्वालकले स्न्यापड्रागन ८ जेन ३ को उत्पादन टीएसएमसी र सामसङलाई प्रदान गर्ने सम्झौता गरेको लामो समय भइसकेको छ।
नयाँ रिपोर्टका अनुसार ताइवान निर्माताले ३ एनएम प्रक्रियामा निर्मित चिप अर्डरमा बहुमत प्राप्त गर्न सक्छ। यसको पर्फमेन्स अवश्विसनिय रुपमा उच्च ८० प्रतिशत वृद्धि दर भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
३ एनएम जीएए वेफबारबाट हालको वृद्धि दर करिब ६० देखि ७० प्रतिशत हो। तर टीएसएमसीको सिंगल वेफर ७५ देखि ८० प्रतिशत छ। यदि यो डाटामा विश्वास गर्ने हो भने एप्पल र क्वालकमलाई उनीहरुको नेक्स्ट जेन चिपसेटहरु, ए१७ बायोनिक र स्न्यापड्रागन ८ जेन ३ को ढुवानीका लागि समस्या हुनेछैन। सामसङले अमेरिकी कम्पनी सिलिकन फ्रन्टलाइन टेक्नोलोजीसँग साझेदारी गर्नु अघि करिब २० प्रतिशत वृद्धि दर अनुभव गरेको थियो।
क्वालकम र अन्य चिप निर्माताहरुलाई प्रति वेफर मूल्यममा भुक्तानी गरिन्छ। चिप कम मात्रामा उत्पादन गर्नु भनेको स्मार्टफोन उत्पादक र ग्राहकले चिपसेटमा उच्च मूल्य तिर्नु पर्छ। मूल्य वृद्धि बजारका लागि लाभदायिक हुनेछैन।
प्रकाशित: १९ पुष २०७९, मंगलवार