धनुषामा राहदानीसम्बन्धी सम्पूर्ण काम रोकियो

  • Technology Khabar | १८ पुष २०७९, सोमबार
धनुषामा राहदानीसम्बन्धी सम्पूर्ण काम रोकियो

काठमाडौं ।

धनुषा जिल्लामा राहदानी सम्बन्धी सम्पूर्ण काम रोकिएको छ। राहदानी सेवाको सर्भरमा समस्या उत्पन्न भएपछि राहदानीसम्बन्धी सम्पूर्ण काम रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै सर्भरमा समस्या आएकाले राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको जनाएको छ।

राहदानी विभागबाट नै सर्भरमा आएको समस्या समाधानको प्रयास भइरहेकाले अर्को सूचना जारी नभएसम्म स्थगित रहने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय धनुषामा दैनिक ५० भन्दा बढी राहदानीसम्बन्धी काम हुने गरेको बताईएको छ।

प्रकाशित: १८ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार