
काठमाडौं ।
हिरो मोटोकर्पले भिडा इलेक्ट्रिक स्कुटरको डेलिभरी शुरु गरेको छ।
कम्पनीले इलेक्ट्रिक स्कुटरको पहिलो यूनिट बैंगलुरुको ग्राहकलाई उपलब्ध गराएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीको पहिलो भिडा एक्सपिरियन्स सेन्टेर बैगलुरको भिट्टल मालया रोडमा खोलिएको छ। भारतका ठूला शहरमा इलेक्ट्रिक स्कुटर बिक्री गर्ने कम्पनीको योजना छ। बैंगलुरुपछि कम्पनीले चरणबद्ध रुपममा दिल्ली र जयपुरमा डेलिभरी शुरु गर्नेछ।
हिरोले भिडा ब्रान्ड अन्गर्तत भिडा भीवान इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। भारतीय बजारमा भिडा भीवानको प्रतिस्पर्धा एथर ४५० एक्स, टीभीएस आईक्यूब, ओला एसवान प्रो र बजाज चेतक लगायत प्रिमियक इलेक्ट्रिक स्कुटरसँग हुनेछ।
ब्याट्री र रेञ्ज
भिडा भीवान दुई भेरियन्ट भीवान प्रो र भीवान प्लसमा उपलब्ध छ। भिडा भीवान प्रोको ममूल्य १ लाख ५९ हजार भारु र भिडा भीवान प्लसको मूल्य १ लाख ४५ हजार भारु तोकिएको छ। भिडा भीवान प्लसमा रहेको ३.९ किलोवाट आवर ब्याट्रीले सिंगल चार्जमा १४३ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ। यस्तै भिडा भीवान प्रोमा रहेको ३.९४ किलोवाट आवर ब्याट्रीले सिंगल चार्जमा १६५ किलोमिटर रेञ्ज प्रदान गर्छ। दुवै स्कुटरको अधिकतम स्पीड ८० किलोमिटिर प्रति घण्टा छ।
चार्जिङ
भिडा भीवान स्कुटर एक मिनेटको चार्जमा १.२ किलोमिटर चलाउन सकिन्छ। भिडा भीवान प्रो ० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५ घण्टा ५५ मिनेट लाग्छ भने भिडा भीवान प्लसले ५ घण्टा १५ मिनेट समय लिन्छ।
फिचर
भिडा भीवान स्कुटरमा अ लाइटिङ एलईडी दिइएको छ। स्कुटरमा रिमूभेवल ब्याट्री छ जसलाई बाहिर निकालेर चार्ज गर्न सकिन्छ। भिडा भीवानमा टीएफटी डिस्प्लेका साथ ब्लूटूथ र स्मार्टफोन कनेक्टिभिटी लगायत फिचर छ। भिडा भीवानमा मोबाबाइल एप्लीकसेनको माध्यमबाट राइड मोड आवश्यकता अनुसार कस्टमाइज गर्न सकिन्छ। साथै स्कुटरमा २६ लिटरको स्टोरेज स्पेस पनि छ। सेफ्टीका लागि स्कुटरमा ट्रैकिङ फक्सन, रिमोट लकिङ÷अनलाकिङ, सिंगल डिस्क ब्रेक र इमरजेन्सी अलर्ट बटन र क्रुज कन्ट्रोल लगायत फिचर छ।
प्रकाशित: १७ पुष २०७९, आईतवार