आविष्कार केन्द्रलाई युन कलेजको आर्थिक सहयोग

  • Technology Khabar | १६ पुष २०७९, शनिबार
आविष्कार केन्द्रलाई युन कलेजको आर्थिक सहयोग

काठमाडौं ।

सुनसरीको धरान उपमहानगरपालिका १६ मा बिगत दश बर्षदेखि संञ्चालन हुँदै आएको नबोदय प्लस टु यु एन कलेज ले राष्ट्रिय आबिश्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ।

युएन कलेज बिज्ञान संकायका ११ र १२ कक्षामा अध्यनरत ५० जना बिधार्थीको नेतृत्व गरी शुक्रबार कलेजको तर्फबाट कलेजका प्राध्यमपक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बुले आबिश्कार केन्द्रमै पुगरे केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरको हुन।

युएन कलेजका कलेज प्राध्यापक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बु बिज्ञान संकायका कोअडिनेटर आकास अधिकारी लगायत ५० बिधार्थीहरुलाई आबिश्कार केन्द्रका प्रबिन बोहरा र सौरबसिह चौधरीले केन्द्रले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै केन्द्रको अवलोकन भ्रमण समेत गराएका थिए ।

केन्द्रका अध्यक्ष महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताउँदै वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको बताए।

बिधार्थीसँगको अन्तरक्रियामा केन्द्रका अध्यक्ष डा.महावीर पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनुपर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिँदै नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नविन सोच र योजना भएकाहरुलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिने काम आबिश्कार केन्द्रले गर्ने बताए।

बिधार्थीहरुले साधेको प्रश्नको जबाफ दिदै पुनले इनोभेसन गर्नेहरु देशका लागि बहुमुल्य पुँजी भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरेका सबै काम जनताले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगबाट नै सम्पन्न भएका बताए ।

प्रकाशित: १६ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार