वानप्लस बड्स प्रो २ जनवरी ४ मा सार्वजनिक हुने

  • Technology Khabar | १४ पुष २०७९, बिहीबार
वानप्लस बड्स प्रो २ जनवरी ४ मा सार्वजनिक हुने

काठमाडौं ।

वानप्लस बड्स प्रो २ चाँडै चीन र भारतमा लन्च हुनेछ। सार्वजनिक अघि नै आगामी टीडब्ल्यूएस इयरबड्सका मुख्य फिचरहरु बाहिरिसकेका छन्।

कम्पनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस ११ र वानप्लस बड्स प्रो २ सार्वजनिक गर्ने तयारी गरिरहेको छ। वानप्सले २०२३ जनवरी ४ मा चीनमा ह्यान्डसेट र बड्स प्रो २ लन्च गर्ने गिगचाइनाले उल्लेख गरेको छ।

गत महिना, टिपस्टर मुकुल शर्माले बड्स प्रो २ टीडब्ल्यूएस र वानप्लस ११ स्मार्टफोन एकै दिन लन्च हुने बताएका थिए। अब वानप्लसले आगामी अडियो उपकरण वरिपरि केहि हाइप निर्माण गर्न कोशिस गर्दैछ।

यसै अनुरूप, कम्पनीले बड्स प्रो २ को केहि तस्बिर लन्च गर्नु अघि सेयर गरेको छ। यसबाहेक, वानप्लसले आगामी टीडब्ल्यू इयरबडका केही प्रमुख फिचरहरु प्रस्तुत गरेको छ।

वानप्लस बड्स प्रो २०२० मा लन्च गरिएको थियो। त्यसैले, सेकेडन्ड जेन टीडब्ल्यू २०२१ मा लन्च हुने अपेक्षा गरिएको थियो। यद्यपि, सेकेडन्ड जेन प्रिमियम टीडब्ल्यूएस चीनमा २०२३ को शुरुमा आधिकारिक रुपमा सार्वजनिक हुनेछ।

रिपोर्टका अनुसार टीडब्ल्यूएस इयरबडहरूले नयाँ हरियो रंग विकल्प उपलब्ध हुनेछ। नयाँ इयरबडहरूले ४८डीबी एएनसीसम्म सपोर्ट गर्ने वानप्लसले भर्खरै पुष्टि गरेको छ।

प्रकाशित: १४ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...