क्यान महासंघमा रणजित पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • Technology Khabar | १३ पुष २०७९, बुधबार
क्यान महासंघमा रणजित पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं ।

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।

यही पुस ९ गते शनिबार भएको महासंघको २९औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले रणजित कुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

यसअघि ७४ जिल्ला र सातै प्रदेशका शखा समितिमा अधिवेशन सम्पन्न भएको थियो।

नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्षमा चुनिनुभयो भने अन्य केही पदमा मतदान गरिएको थियो।

यसअन्तर्गत महासंघको वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदिप) निर्वाचित भएका छन्।

त्यस्तै महासंघको महासचिव पदमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन भने कोषाध्यक्ष पदमा नवीन जोशी निर्विरोध निर्वाचित भए। सचिव पदमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भए।

त्यस्तै जिल्ला शाखा समूहबाट सचिव पदमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भए।

सदस्यहरुमा विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा (मनोनित) भएका छन्।

त्यस्तै लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखासमिति सदस्यद्धयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भए।

नवनिर्वाचित अध्यक्ष पोदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताए। सूचना प्रविधि क्षेत्रमा आबद्ध पेशाकर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्यव गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न महासंघले पहलकदमी भूमिका खेल्ने उनको भनाइ छ।

साथै नेपालमा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादन गर्न विशेष पहल गर्ने, सूचना प्रविधिका स्टार्टअपहरुलाई उद्योगमा रुपान्तरणको निम्ति काम गर्ने, सूचना प्रविधिको व्यवसाय प्रवद्र्धनमा विशेष काम गर्ने, नेपाली समाजलाई सूचना प्रविधिको डिजिटल डिभाइड कम गराउन देशैभर काम गर्ने लगायतका योजनामा आफू नेतृत्वको टिमले काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १३ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार