हल्ट एट आइओईमा वार्ता शृंखलाको पहिलो सत्र समापन

  • Technology Khabar | १२ पुष २०७९, मंगलवार
हल्ट एट आइओईमा वार्ता शृंखलाको पहिलो सत्र समापन

काठमाडौं ।

आइओईको पुल्चोक क्याम्पसमा हल्ट प्राइजको वार्ता शृंखलाको पहिलो सत्र, “सामाजिक उद्यमशीलताको परिचय” सफलतापूर्वक परिचालन भएको छ।

वार्ता शृंखलामा इकोर्ब्सका सिईओ र च्याउ बायोटेक्नोलोजीका सह-संस्थापक सन्नी राजोपाध्यायले प्रकृतिको कच्चा मालको उपयोग गरेर एक हरियाली र स्वस्थ भविष्यको निर्माणका लागि काम गरिरहेको बताएका थिए। उनले हात्तीको गोबरलाई, आफ्नो स्टार्टअप इकोर्ब भेन्चर्सको साथ प्रयोगयोग्य कागज उत्पादनहरूमा रूपान्तरण गरेको जानकारी दिए।

त्यस्तै वाइल्डविभ्स् को संस्थापक र सिईओ नताशा खेम्काले असाधारण बहुमुखी कच्चा मालको रूपमा हेम्पलाई देखेर त्यसमा केन्द्रित विभिन्न उत्पादन लाइनहरू विकास गर्न सामाजिक उद्यमहरूसँग संलग्न भएर सहकार्य गरेको जानकारी दिईन्। उनले मानिसहरूलाई काठ काटेर बन्ने कागजहरू प्रयोग गर्न पूर्ण रूपमा रोकेर हेम्प पेपरहरूको प्रयोग गर्न उत्साहित गर्ने बताईन्।

दिगो नेपालका सह-संस्थापक तथा अपरेशन म्यानेजर, रजनी गुरुङले आउँदो पुस्तालाई दिन सक्ने सबैभन्दा बहुमूल्य उपहार भनेको दिगो भविष्य भएको भन्दै दिगो वातावरण निर्माण गर्न प्रयासरत भएको बताईन्।

हल्ट एट आइ.ओ.ई. पुल्चोक क्याम्पसको उद्यमशीलता सम्बन्धी कुराकानी श्रृंखलाको प्रथम प्रकरण स्पष्ट रूपमा अन्तरक्रियात्मक भएको आयोजकले जनाएको छ।

हल्ट पुरस्कार, जसलाई विद्यार्थीहरूको लागि नोबेल पुरस्कार भनिने हल्ट पुरस्कार, वार्षिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो जसले युवाहरूलाई विश्वका केही गम्भीर समस्याहरूलाई सम्बोधन गर्दै रचनात्मक तथा सामाजिक व्यवसायहरूको विकास गर्न प्रोत्साहित गर्दछ।

प्रकाशित: १२ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार