पाँच महिनामा डेढ अर्ब रुपैयाँको राउटर आयात

  • Technology Khabar | ११ पुष २०७९, सोमबार
पाँच महिनामा डेढ अर्ब रुपैयाँको राउटर आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा करिब डेढ अर्ब रुपैयाँ बराबरको राउटर आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको मंसिर मसान्तसम्म १ अर्ब ४१ करोड ७४ लाख ३४ हजार रुपैयाँको राउटर आयात भएको छ।

चालु आवको मंसिरसम्म उक्त रकम बराबरको ३ लाख ७५ हजार ७६८ यूनिट राउटर आयात भएको छ।

आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्म १ अर्ब ८० करोड ९ लाख ४९ हजार रुपैयाँ बराबरको ५ लाख ४९ हजार २५५ यूनिट राउटर आयात भएको थियो।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा १४ ओटा मुलुकबाट राउटर आयात भएको देखिन्छ।

गत आवको तुलनामा चालु आवको मंसिर मसान्तमा राउटको आयात ३८ करोड ३५ लाख १५ हजार रुपैयाँले घटेको छ।

चीनबाट सबैभन्दा धेरै १ अर्ब ३९ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको ३ लाख ७२ हजार ५९५ यूनिट राउट आयात भएको छ।

ताइवानबाट ७७ लाख ८६ हजार रुपैयाँ बराबरको १ हजार १४७ यूनिट राउट आयात भएको छ।

हङकङबाट २५ लाख ३३ हजार रुपैयाँ बराबरको १ हजार १९४ यूनिट राउटर आयात भएको छ।

प्रकाशित: ११ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार