२२ करोडको स्मार्टवाच आयात

  • Technology Khabar | ११ पुष २०७९, सोमबार
२२ करोडको स्मार्टवाच आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा करिब करिब २२ करोड रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको मंसिर मसान्तसम्म २१ करोड ८४ लाख १२ हजार रुपैयाँको स्मार्टवाच आयात भएको छ।

उक्त रकम बराबरको १ लाख ४४ हजार ४६६ युनिट स्मार्टवाच आयात भएको हो।

गत आर्थिक वर्ष २०७८÷७९ को मंसिरमा २८ करोड १९ लाख २४ हजार रुपैयाँ बराबरको २ लाख १४ हजार ४२६ यूनिट स्मार्टवाच आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा ६ करोड ३५ लाख १२ रुपैयाँ बराबरले स्मार्टवाटको आयात घटेको देखिन्छ।

विभागको तथ्यांक अनुसार नेपालमा १२ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको छ।

सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात हुने गरेको छ। चीनबाट १५ करोड ९३ लाख ११ हजार रुपैयाँ बराबरको १ लाख २७ हजार ३०८ यूनिट स्मार्टवाच आयात भएको छ।

भारतबाट ४ करोड ७१ लाख ३९ हजार रुपैयाँ बराबरको १६ हजार ७०० यूनिट आयात भएको छ।

प्रकाशित: ११ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ११ पुष २०७९, सोमबार