हिरो इलेक्ट्रिक, ओकिनावा सहित १२ अटो निर्माता विरुद्ध भारतमा छानबिनको आदेश

  • Technology Khabar | १० पुष २०७९, आईतवार
हिरो इलेक्ट्रिक, ओकिनावा सहित १२ अटो निर्माता विरुद्ध भारतमा छानबिनको आदेश

काठमाडौं ।

फेम अनुदान मापदण्डको उल्लङ्घन गरेको आरोपमा भारतका १२ अटो निर्मातामाथि अनुसन्धान सुरु भएको छ। भारतको केन्द्र सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न फेम (FAME) योजना सुरु गरेको थियो, जुन एक प्रकारको अनुदान हो। यसअन्तर्गत ग्राहकले विद्युतीय कारमा राम्रो छुट पाउँछन्।

अब, केन्द्रीय उद्योग मन्त्री महेन्द्रनाथ पाण्डेले मंगलबार भारतको संसदमा बोल्दै १२ कम्पनीहरूले कथित रूपमा फेम योजनाको मापदण्ड उल्लङ्घन गरेको बताएका छन्, जसका कारण उनीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको छ।

यसअन्तरगत हिरो इलेक्ट्रिक, ओकिनावा अटोटेक र १० अन्य अटोमेकरहरूमाथि फेम २ सब्सिडी मापदण्डहरूको कथित उल्लङ्घनको लागि अनुसन्धान सुरु गरिएको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माताहरूलाई १० हजार करोडको फेम योजना अन्तर्गत सब्सिडीको कथित दुरुपयोगको आरोप लगाइएको छ।

हिरो इलेक्ट्रिक, ओकिनावा अटोटेक बाहेक, ओकाया ईभी, रिभोल्ट इन्टेलिकर्प, जितेन्द्र न्यू ईभी टेक, इलेक्ट्रिक मोबिलिटी (पहिले एम्पीयर), काइनेटिक ग्रीन एनर्जी, लोहिया अटो इन्डस्ट्रीज, एभन साइकल, ठुकराल इलेक्ट्रिक बाइक, विजय इलेक्ट्रिक भेहिकल इन्टरनेशनल र अर्को ब्रान्ड समावेश छ।

ओईएमहरू विरुद्ध सरकारले प्राप्त गरेका उजुरीहरूमध्ये धेरै जसो फेज म्यान्युफ्याक्चरिंग प्रोग्राम (पीएमपी) दिशानिर्देशहरू फेम २ योजना अन्तर्गत तोकिएको उल्लङ्घनसँग सम्बन्धित रहेको बताईएको छ।

सरकारलाई प्राप्त ओईएमहरु विरुद्ध सबै उजुरीहरू अब अनुसन्धान एजेन्सीलाई पठाइएको छ। प्रारम्भिक अनुसन्धानका कारण दुई ओईएमबाट ईभी मोडलहरूको फेम योजना निलम्बन गरिएको रिपोर्टले उल्लेख गरेको छ। यद्यपि, प्रभावित ओईएमको नाम खुलासा गरिएको छैन।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...