अब आफैँले स्मार्टफोनको ब्याट्री बदल्न सक्ने, युरोपेली संघले ल्याउँदै नयाँ नियम

  • Technology Khabar | १० पुष २०७९, आईतवार
अब आफैँले स्मार्टफोनको ब्याट्री बदल्न सक्ने, युरोपेली संघले ल्याउँदै नयाँ नियम

काठमाडौं ।

पछिल्ला केही वर्षहरूमा लन्च गरिएका स्मार्टफोनहरू हटाउन नसकिने ब्याक प्यानलहरूका साथमा आउँछन् अर्थात् तपाईंले स्मार्टफोनको पछाडिको प्यानल खोल्न सक्नुहुन्न। यस्तो अवस्थामा फोनको ब्याट्री बिग्रिएपछि प्रयोगकर्ताले सर्भिस सेन्टरमा नै जानुपर्छ।

युरोपेली संघले अब हटाउन सकिने ब्याक प्यानलको साथ नयाँ नियम लागू गर्ने प्रक्रियामा छ। यदि यो सम्भव भयो भने, एक पटक फेरि पुरानो दिनहरूमा फर्किनेछ, जब मोबाइल फोनको ब्याट्री प्रयोगकर्ता आफैँले बदल्न सक्छन्।

पछिल्लो ४-५ वर्षमा स्मार्टफोनको डिजाइनमा धेरै ठूला परिवर्तनहरू भएका छन्। धेरैजसो एन्ड्रोइड स्मार्टफोनहरू अब यूएसबी टाइप सी चार्जिङ ज्याकको साथ आउँछन्। यति मात्र होइन, फोनबाट ३.५ एमएमको अडियो ज्याक पनि हटाइएको छ। जसका कारण टीडब्लुएस (ट्रु वायरलेस) इयरफोनको माग बढेको छ। युरोपियन युनियनले प्रयोगकर्ताहरूको समस्याहरू बुझ्दै, हटाउन सकिने ब्याक प्यानल नियमलाई विचार गर्दैछ।

हालै, युरोपेली संघले एप्पललाई आफ्नो आईफोनमा यूएसबी टाइप सी चार्जिङ ज्याक इन्स्टल गर्न बाध्य पारेको छ। एप्पलले २८ डिसेम्बर २०२४ सम्म आफ्ना सबै उपकरणहरूमा यूएसबी टाइप सी चार्जिङ ज्याक प्रयोग गर्नुपर्नेछ।

ईयूको यो निर्णय पछि, अन्य देशहरूले पनि युनिभर्सल चार्जिङ्ग सलुसन यूएसबी टाइप सी पोर्टको लागी नियमहरू बनाइरहेका छन्।

डिजाइनमा ठूलो परिवर्तन गर्नुपर्ने

नयाँ रिपोर्टका अनुसार, युरोपले सबै स्मार्टफोन निर्माता कम्पनीहरूलाई हटाउन सकिने ब्याट्री प्याकहरू राख्ने नियमहरू बनाउने भएको छ। यदि यो नियम लागू भयो भने, सबै ब्रान्डहरूले आफ्नो स्मार्टफोनको आन्तरिक डिजाइनमा ठूलो परिवर्तन गर्नुपर्ने हुनसक्छ। उनीहरूले फोनको ब्याक प्यानल यस्तो बनाउनु पर्छ कि यसलाई खोलेर ब्याट्री बदल्न सकियोस्। सबैभन्दा ठूलो समस्या अपर मिड रेन्ज र प्रिमियम स्मार्टफोनका लागि हुनेछ, किनभने यी फोनहरू वाटरप्रूफ हुन्छन्। यदि तिनीहरूको पछाडिको प्यानल खुला भएको अवस्थामा, तिनीहरूलाई वाटरप्रूफ गर्न कठिन हुनेछ।

यद्यपि, युरोपियन युनियनले यसको लागि मूल्य कोष्ठक(प्राइस ब्राकेट) बनाउन सक्छ, जसमा हटाउन सकिने ब्याट्रीहरू मध्यम र लो बजेट फोनहरूमा दिन सकिन्छ। जसका कारण प्रयोगकर्ताले फोनको ब्याट्री बिग्रिएमा बदल्ने सुविधा पाउनेछन्।अहिलेको अवस्थामा, फोनको ब्याट्री बिग्रिएपछि प्रयोगकर्ताहरूले आफैं डिभाइस नै बदल्छन्।

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार