वानप्लस ११ को फुल स्पेक्स टेनाद्वारा सार्वजनिक

  • Technology Khabar | ९ पुष २०७९, शनिबार

काठमाडौं ।

चिनियाँ सर्टिफाईङ अथोरिटी टेनाद्वारा प्रमाणिकरण गरिएको वानप्लस ११ स्मार्टफोन आगामी २०२३ को फेब्रुअरी ७ मा विश्वव्यापी रुपमा चीनमा सार्वजनिक गरिने भएको छ।

पीबीएच ११० मोडल कोड रहेको उक्त यूनिटले हालै मात्र एनटुटुको बेन्चमार्क टेस्टमा १.३ मिलियन भन्दा बढि अंक स्कोर गरेको बताइएको छ। त्यसैगरी उक्त आगामी वानप्लस ११ स्मार्टफोनको स्पेक्सहरुको बारेमा टेनाले पनि आफ्नो वेबसाईटमा लिस्टिङ गरेको बताइएको छ।

उक्त स्मार्टफोनको ६.७ इन्च क्यूएचडी प्लस एमोलेड  डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट भएको उल्लेख गरिएको छ। साथै उक्त स्मार्टफोनमा ३.१८ गीगाहर्जको आठवोटा कोर सीपीयू र स्न्यापड्रागन ८ जेन २ एसओसी समावेस गरिएको छ।

त्यसैगरी ४,८७० एमएएचको ब्याट्री रहेको उक्त वानप्लस ११ स्मार्टफोनमा १२ र १६ जीबीको दुईवोटा र्यामको साथै २५६ र ५१२ जीबीको स्टोरेज अप्सन पनि रहेको बताइएको छ।

उक्त स्मार्टफोनको पछाडिको भागमा ५० मेगापिक्सलको प्राइमरी, ४८ मेगापिक्सलको अल्ट्रा र ३२ मेगापिक्सलको टेलिफोटो यूनिटहरु समावेश गरी ट्रिपल क्यामरा सेटअप रहेको बताइएको छ। त्यसैगरी सेल्फीको लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा स्मार्टफोनमा रहेको उल्लेख गरिएको छ।

फाइभजी नेटवर्क सपोर्ट गर्ने उक्त स्मार्टफोनको मोटाई ८.५३ एमएम र तौल २०५ ग्राम भएको बताइएको छ। त्यसैगरी एन्ड्रोइड १३ मा आधारित उक्त स्मार्टफोनमा इन-डिस्प्ले फिङगरप्रिन्ट रिडर समावेश गरिएको बताइएको छ।

प्रकाशित: ९ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया