
काठमाडौं ।
सामसङले वर्षको शुरुवातसँगै सामसङ ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोनको १२.६ मिलियन यूनिट र सामसङ ग्यालेक्सी ए२३ फोरजी स्मार्टफोनको १७.१ मिलियन यूनिट बिक्री गर्ने योजना सार्वजनिक गरेको थियो।
तर पछिल्लो समय दक्षिण कोरीयाली कम्पनी सामसङले अप्रत्याशित रुपमा ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोनको ढुवानी लक्ष्य भारी मात्रामा कटौती गर्न लागेको बताइएको छ।
कोरीयन पब्लीकेसन द इलेकको एक रिपोर्टले सामसङ ग्यालेक्सी ए२३ फाइभजी स्मार्टफोनको हालै संशोधित ढुवानी लक्ष्य १२ं.६ मिलियन यूनिट बाट कटौती गरी ४ मिलियन यूनिट भन्दा थोरैमा झारेको बताएको छ।
विगतमा घोषणा गरिएको कुल ढुवानी लक्ष्यमा अचानक गरिएको ७० प्रतिशत कटौती अप्रत्याशीत र सबैका लागि चासोको विषय बनेको छ। उक्त मोडलमा आएको कुनै समस्याले गर्दा ढुवानी लक्ष्य कटौती गरियो वा अन्य केहि कारणले हो भनी खुलासा नगरिएकाले झनै रहस्यमयी बन्न गएको उल्लेख गरिएको छ।
फोनमा समावेस गरिने भनिएका केहि फिचरहरुले गर्दा उक्त ह्याण्डसेटको अपरेसनमा समस्या उत्पन्न भएसँगै समस्याको जड पत्ता लगाउनका निमित्त कम्पनीले महिनाव्यापी अनुसन्धान गरेको रिपोर्टमा बताइएको छ।
सामसङले ए२३ फोरजी मार्च महिनामा रिलिज गरेको थियो र त्यसको ६ महिना पश्चात ए२३ फाइभजी भर्जन सार्वजनिक गरेको थियो। ए२३ फाइभजी भर्जनमा उत्पन्न भएको समस्याको साथै थालिएको अनुसन्धान र फोन ढिलो सार्वजनिक हुनुमा केहि लेनदेन हुनसक्छ भनि आशंका पैदा भएको उल्लेख छ।
अन्ततः उक्त रहस्यमयी समस्याको समाधान भएतापनि त्यसपश्चात सिर्जना भएको तनावपूर्ण स्थितीले गर्दा सामसङले ए२३ फाइभजी भर्जनको थोरै यूनिट मात्र उत्पादन गर्न लागेको भनी उल्लेख गरिएको छ। सामसङको उक्त अण्डर ४ मिलियन टार्गेट फर २०२२ लाई ५ मिलियन टार्गेट फर २०२३ ले पछ्याउने थप उल्लेख गरिएको छ।
प्रकाशित: ८ पुष २०७९, शुक्रबार