आईफोन १५ मा क्वालकम फाइभजी चिप प्रयोग हुने

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
आईफोन १५ मा क्वालकम फाइभजी चिप प्रयोग हुने
आईफोन १४ प्रो

काठमाडौं ।

एप्पल सन् २००७ मा आफ्नो स्मार्टफोन लन्च गरेदेखि नै सधैं अरूभन्दा फरक हुन खोजिरहेको छ। अरुभन्दा फरक हुनु कम्पनीको परम्परा जस्तै भएको त्यसलाई कायम राख्न एप्पल सँधै तत्पर रहेको देखिन्छ। यसका लागि कम्पनी आत्मनिर्भर पनि हुन खोजिरहेको छ।

स्मार्टफोन निर्माताको रूपमा आत्मनिर्भर रहनु भनेको आफ्नो स्मार्टफोनहरू निर्माण गर्न आफ्नै पार्टपुर्जाहरू प्रयोग गर्नु पनि हो। हामी बाँचिरहेको संसारमा यो सपना असम्भव जस्तै छ। एप्पल यस बारे धेरै सचेत छ, तर त्यहाँ केहि महत्त्वपूर्ण कम्पोनेन्टहरू छन् जुन एप्पल आफैंले सबै उत्पादन गर्न चाहन्छ।

एप्पलले आईफोनहरूमा आफ्नै बायोनिक चिपहरू प्रयोग गर्दछ। कम्पनीले म्याकबुक र आईप्याडहरूमा आफ्नो एम चिपहरु प्रयोग गर्नका लागि इन्टेलाई पनि छोडिसकेको छ।

कम्पनीले विगत केही वर्षदेखि आफ्नै फाइभजी चिपस्मा काम गरिरहेको छ। तर यसमा एप्पलले अनुमान गरेभन्दा बढी चुनौती सामना गरिरहेको छ। एप्पल स्मार्टफोनमा आफ्नै फाइभजी सुविधा उपलब्ध गराउन ढिलाइ गरिरहेको छ। आईफोनमा फाइभजी सन् २०२० देखि आईफोन १२ सिरिजसँग शुरु भएको हो।

आईफोन १४ सिरिजमा कम्पनीले आफ्नै फाइभजी मोडेम राख्ने योजना बनाएको थियो। डिजीटाइम्सको रिपोर्ट अनुसार एप्पल अझै पनि आफ्नो फाइभजी मोडेम विकास गर्ने प्रक्रियामा छ। तर आगामी आईफोन १५ सिरिजमा पनि कम्पनीको आफ्नौ फाइभजी चिप प्रयोग गर्न सक्षम नहुने देखिएको छ। एप्पल आईफोन १५ सिरिजको फाइभजी मोडेमहरुका लागि क्वालकमकै भर पर्नेछ।

टीएसएमसी क्वालकम फाइभजी चिप्सको मुख्य आपूर्तिकर्ता हो। क्वालकमले फाइभजी चिप निर्माण गर्न ५ एनएम र ४ एनएम प्रक्रिया प्रयोग गर्नेछ।

हालको आईफोन १४ सिरिजले अघिल्लो मोडलको तुलनामा राम्रो फाइभजी स्पीड र ब्याट्री लाइफका लागि स्न्यापड्रागन एक्स६५ मोडेम प्रयोग गरेको छ। गिगचाइनाका अनुसार आईफोन १५ अझै उन्नत एक्स७० चिप प्रयोग गरिनेछ।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार