
काठमाडौं ।
मिड–रेञ्ज मार्केटलाई लक्षित गरि सामसङले उत्पादनमा ल्याएको ग्यालेक्सी जे सिरिज २०१९ सम्म आधारसिला सवित भएको थियो। तर पछि गएर उक्त भुमिका ग्यालेक्सी ए को लाईनअपले राम्रोसँग निर्वाह गरेको बताइएको छ। सामसङको ग्यालेक्सी ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए५३, ग्यालेक्सी ए२३ र अन्य थुप्रै ए सिरिजका स्मार्टफोनहरु भ्यालू फर मनि स्मार्टफोनहरु भएको उल्लेख गरिएको छ। त्यसैगरी ग्यालेक्सी ए७२ र ग्यालेक्सी ए ७३ स्मार्टफोनहरु सामसङको ग्यालेक्सी ए सिरिज अन्तर्गतको प्रिमियम स्मार्टफोनहरु भएको बताइएको छ। यद्यपी कम्पनीले भने ग्यालेक्सी ए ७४ स्मार्टफोनलाई लन्च नगर्ने योजना बनाएको छ।
सामसङले ग्यालेक्सी ए७ एक्स सिरिजलाई निरन्तरता नदिने योजनामा रहेको ग्यालेक्सीक्लबले एक रिर्पोटमा उल्लेख गरेको छ। सामसङले उक्त निर्णयलाई कार्यान्वयन गरेको खण्डमा २०२३ मा ग्यालेक्सी ए७४ लन्च नहुने पक्का सम्झीए हुन्छ भनी थप बताइएको छ। सामसङको ए सिरिज अन्तर्गतको आगामी ग्यालेक्सी ए ५४ र ग्यालेक्सी ए १४ स्मार्टफोनहरुको बरेमा विवरणहरु लिक भएतापनि ग्यालेक्सी ए ७४ स्मार्टफोनको बारेमा त्यस्तो खास कुनै पनि चर्चा नचलेको पब्लीकेसनले थप उल्लेख गरेको छ।
त्यसैगरी अहिले सम्म उक्त डिभाइस कुनै पनि सर्टिफिकेसन साईटहरुमा देखा नपरेको र फर्मवेयरहरुको बारेमा पनि केहि जानकारी नभएको बताइएको छ।
त्यसैगरी कम्पनीद्वारा उक्त विषय बारे आधिकारीक रुपमा केहि पनि जानकारी नदिएको बताइएको छ। तर्सथ सामसङ ग्यालेक्सी ए७४ हाल विकासको क्रममा रहन सक्ने र आगामी वर्ष अनावरण हुन सक्ने सम्भावना पनि जिवितै रहेको भनि उल्लेख गरिएको छ।
फ्ल्यागसिप र एफोर्डएबल मोडलहरुको बिचमा पर्ने सामसङको ग्यालेक्सी ए७२ र ग्यालेक्सी ए७३ मिडरेञ्जका स्मार्टफोनहरुमा इमर्सिभ डिस्प्ले, भरपर्दो क्यामरा र मिडिओकर प्रोसेर समावेस गरिएको बताइएको छ। उक्त फोनहरु पर्फमेन्स-ओरिएन्टेड नभयतापनि नियमित प्रयोगका लागि पर्याप्त शक्तिशाली भएको उल्लेख गरिएको छ।
सामसङले हाल ग्यालेक्सी ए५४ मा काम गरिरहेको र उक्त फोन छिट्टैनै सार्वजनिक गरिने भनी उल्लेख गरिएको छ। सामसङको उक्त ग्यालेक्सी ए५४ एक्सनोस १३८० प्रोसेसर सहित पछिल्लो समय गीकबेन्चको वेबसाईटमा देखा परेको बताइएको छ।
उक्त फोनले सिंगल कोर टेस्टमा ७७६ अंक र मल्टी कोर टेस्टमा २५९९ अंक प्राप्त गरेको उल्लेख गरिएको छ। त्यसैगरी फोनमा ५० मेगापिक्सेलको क्यामराको साथै २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ५१०० एमएएचको ब्याट्री समावेस गरिने भनी बताइएको छ। उक्त फोन एन्ड्रोइड १३ को वान यूआई ५ मा सञ्चालन हुने बताइएको छ।
प्रकाशित: ८ पुष २०७९, शुक्रबार