चीनको सवारी निर्माता नियोमा साइबर आक्रमण

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
चीनको सवारी निर्माता नियोमा साइबर आक्रमण

काठमाडौं ।

संसारभरका कार निर्माता कम्पनीमा साइबर आक्रमणको घटना बढी रहेको छ। ह्याकरले भर्खरै चीनको कार निर्माता नियोमा साइबर आक्रमण गरेर महत्वपूर्ण जानकारी चोरी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

रिपोर्टसका अनुसार साइबर आक्रमणकारीले कार निर्माताको कम्प्युटर सिस्टमबाट सेल्स र ग्राहकसँग सम्बन्धीत जानकारी चोरेका छन्।

ह्याकरहरुले कम्पनीसँग २.२५ मिलियन डलर मूल्य बराबरको बिटकोइन फिरौता मागेका छन्। ह्याकरहरुका अनुसार उनीहरुसँग कम्पनीसँग सम्बन्धीत केही संवेदनशील जानकारी छ।

साइबर आक्रमण पछि नियो चीन सरकारको अधिकारिसँग मिलेर अपराधिलाई पता लगाउन जुटेको छ। यस साइबर आक्रमणबाट कम्पनीलाई कति नोक्सानी भएको भन्ने मूल्यांकन हुन बाँकी नै छ।

पछिल्लो केही वर्षमा धेरै कार कम्पनीमा साइबर हमला भएको छ। केही दिन अघि किया इन्डियाकाको इन्स्टाग्राम एकाउन्ट ह्याक भएको थियो। त्यसको केही दिनपछि बीएमडब्ल्यूको सोसल मिडिया ह्यान्डल ह्याक भएको थियो।

होन्डा र फरारी लगायत ठूलो कार निर्माता कम्पनीमा पनि साइबर आक्रमण भइसकेको छ। यस वर्षको नोभेम्बरमा जर्म टायर निर्माता कोन्टिनेन्टलको सर्भरबाट ह्याकरले केही महत्पूर्ण जानकारी चोरेका थिए।

सन् २०२१ मा किया मोटरको आधिकारिक वेबसाइट ह्याक गरेर २० मिलियन डलरको फिरौती माग गरिएको थियो। निसान, रेनो र हुन्डाई लगायत केही कम्पनीले यस प्रकारको साइबर हमलाको सामना गरिसकेका छन्।

साइबर आक्रमणबाट बच्नका लागि सवारी उत्पादक कम्पनीहरुले अर्ब डलर लगानी गरिरहेका छन्।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...