इन्डोनिसियाले ईभीलाई प्रोत्साहन गर्न ३२० मिलियन डलर बजेट विनियोजन गर्दै

  • Technology Khabar | ७ पुष २०७९, बिहीबार
इन्डोनिसियाले ईभीलाई प्रोत्साहन गर्न ३२० मिलियन डलर बजेट विनियोजन गर्दै

काठमाडौं ।

इन्डोनिसियाले अर्को वर्षको बजेटबाट ३२० मिलियन अमेरिकी डलर विद्युतीय सवारी खरिद गर्न चाहनेलाई प्रोत्साहन गर्न विनियोजन गर्ने योजना बनाएको छ। यस योजनालाई अन्तिम रुप दिन काम भइरहेको एक वरिष्ठ मन्त्रीले बुधबार भनेको रोयटर्सले उल्लेख गरेको छ।

गत हप्ता इन्डोनिसियाका उद्योग मन्त्री अगुस गुमिवाङ कर्तसस्मिताले देशमा उद्योग भएका कम्पनीहरुले निर्माण गरेका ईभीहरुमा ८० मिलियन इन्डोनिसियाली रुपैयाँसम्म छुट पाउन सक्छन् र साथै हाइब्रिड कार र इलेक्ट्रिक मोटरसाइकलका लागि अन्य प्रोत्साहनहरु दिइने बताए। साथै सरकारले बिक्रेतलाहरुलाई लागत कभर गर्न अनुदान दिने योजना बनाएको छ।

इन्डोनिसियाका अर्थमन्त्री एयरलाङ्गा हार्टार्टोले बुधबार एक प्रकार सम्मेलनमा भने कि अधिकारीहरुले बजेट विनियोजनको आधारमा प्रति बिक्री कति अनुदान उपलब्ध गराउन सकिन्छ भन्ने विवरण दिइरहेका छन्।

सरकारले विद्युतीय बस बिक्रीमा पनि अनुदान दिने विचार गरिरहेको उनले बताए ।

राष्ट्रपति जोको विडोडोले सोही पत्रकार सम्मेलनमा भने, ‘हामी आशा गर्छौं कि यी प्रोत्साहनहरूबाट इलेक्ट्रिक मोटरसाइकल र इलेक्ट्रिक कार उद्योग फस्टाउनेछ।’

इन्डोनेसियाले २०२५ मा कुल कार बिक्रीको २० प्रतिशती ईभी हुने लक्ष्य राखिएको एयरलाङ्गाले भने।

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार