
काठमाडौं ।
असुस रोगले बिल्ट इन डिस्प्ले युक्त नयाँ गेमप्याड ल्याउने भएको छ। असुस रोगले सीईएस २०२३ सम्मेलनमा नयाँ डिभाइस प्रस्तुत गरेको छ।
असुस रोगको बिल्ट इन डिस्प्ले युक्त नयाँ गेमप्याड प्रस्तुत गरेको गिगचाइनाले उल्लेख गरेको छ। आधिकारिक भिडियोका अनुसार नयाँ गेमप्याडमा आरजीबी लाइट इफेक्ट र माथि सानो स्क्रीन छ। यस सानो डिस्प्ले किन दिइएको भन्ने विषयमा कुनै जानकारी दिइएको छैन। यद्यपि यसले मोबाइलको केही विवरणहरुको जानकारी दिने बताइएको छ।
चिनियाँ कम्पनी रोगले असुस ब्राण्डसँग काम गर्छ। यो कम्पनीले पीसी गेमिङका लागि उत्कृष्ट हार्डवेयर बनाउँदै आइरहेको छ।
रोग गेमिङ उद्योगमा उत्कृष्ट र बहुमुखी गेमिङ पिसीहरु निर्माणका लागि चर्चित छ। रोगसँग केही राम्रा एसेसिरिज पनि छन् र यसको संख्या वृद्धि गर्न तयार देखिएको छ।
प्रकाशित: ६ पुष २०७९, बुधबार