ल्यापटप किन्नु ठिक वा डेस्कटप, कसरी थाहा पाउने? जान्नुहोस् दुबैका फाइदा र बेफाइदा

  • Technology Khabar | ५ पुष २०७९, मंगलवार
ल्यापटप किन्नु ठिक वा डेस्कटप, कसरी थाहा पाउने? जान्नुहोस् दुबैका फाइदा र बेफाइदा

काठमाडौं ।

ल्यापटप र कम्प्यूटर किन्दा धेरै पटक मानिसहरु ठुलो दुविधामा पर्छन् कि कुन किन्नु राम्रो हो र कुन होइन। खासगरी कोरोनापछि अहिले यसको प्रयोग बढेको छ। चाहे त्यो अनलाइन कक्षाको लागि होस् वा घरबाट काम गर्नहोस्, दुवैको लागि एक प्रणाली आवश्यक छ।

त्यसैले हामी तपाईँलाई ल्यापटप र डेस्कटप दुबैका फाइदा र बेफाइदाहरू बताउन गइरहेका छौं। यसको आधारमा तपाईँले आफूलाई आवश्यक पर्ने कामको लागि यी दुईमध्ये एक छनोट गर्न सक्नुहुनेछ।

डेस्कटप कम्प्युटर
यसलाई डेस्कटप वा पर्सनल कम्प्युटर(पिसी) पनि भनिन्छ। यसमा विभिन्न पार्ट्स (मोनिटर, किबोर्ड, माउस, सीपीयू) जोडेर प्रणालीलाई एसेम्बल गरी टेबलमा राखेर काम गरिन्छ। यसलाई कतै आफूसँगै लैजान असहज हुने वा सम्भव हुँदैन्।

ल्यापटप
ल्यापटप डेस्कटपको उन्नत संस्करण हो र त्यस्तै काम गर्दछ। तर यसको साइज रजिस्टर किताब जस्तै हुन्छ। जसको तौल निकै कम हुन्छ। तपाईं यसलाई आफ्नो साथ कहिँकतै लैजान सक्नुहुन्छ। यसका लागि एकै ठाउँमा बसेर काम गर्नुपर्दैन। तपाईं आफ्नो सुविधा अनुसार जहाँ पनि बसेर काम गर्न सक्नुहुन्छ।

डेस्कटप र ल्यापटप बीचको भिन्नता

  • बजार मूल्यको हिसाबले, ल्यापटप डेस्कटप भन्दा महँगो हुन्छन्।
  • कामको लागि बाहिर यात्रामा जाँदा ल्यापटपसँगै लैजान सकिन्छ। तर डेस्कटपलाई संगै लिएर घुमघाम गर्न सम्भव छैन।
  • यदि तपाइँ हाई डेफिनेशन कार्य (जस्तैः भिडियो सम्पादन, गेमिङ, एनिमेसन डिजाइनिङ, प्रोग्रामिङ) गर्नुहुन्छ भने, डेस्कटप तपाइँको लागि उत्तम विकल्प हो। किनकी ल्यापटपमा काम गर्ने क्षमता सीमित हुन्छ।
  • खरिद गरेपछि ल्यापटपको तुलनामा, डेस्कटप अपग्रेड गर्नका लागि धेरै सजिलो र लागत कम लाग्दछ।
  • कुनै पनि प्रकारको समस्या आएमा डेस्कटप मर्मत गर्न सजिलो र सस्तो पर्दछ, जबकि ल्यापटप मर्मतका लागि त्यसभन्दा धेरै महँगो हुन्छ।
  • डेस्कटपमा, तपाइँ आफ्नो मनपर्ने आधारमा स्क्रिन सानो वा ठूलो, विभिन्न डिजाइन र आकारका राख्न सक्नुहुन्छ। त्यसैगरी यसलाई मात्र हटाएर नयाँ किन्न सक्नुहुन्छ। तर  ल्यापटपहरूमा स्क्रिनहरू फिक्स गरिएका हुन्छन्।
  • डेस्कटप कम्प्युटरलाई आफ्नो आवश्यकताअनुसार कस्टमाइज गर्न सकिने र चाहेमा लागत पनि कम हुन्छ। तर ल्यापटपलाई कस्टमाइज गर्न कठिन छ भने लागत पनि अत्यधिक लाग्दछ।
  • ब्याट्रीको कारणले बत्ती निभ्दा पनि घण्टौंसम्म ल्यापटप चलाउन सकिन्छ। जबकि डेस्कटपको लागि यूपीएसबाट केहि समयसम्मका लागी मात्र प्रयोग गर्न सकिन्छ। यसका अतिरिक्त थप पावर ब्याकअप आवश्यक पर्नसक्दछ।

प्रकाशित: ५ पुष २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...