चिनियाँ चिप निर्माता कम्पनी वाइएमटीसी अमेरिकाको कालोसूचीमा समावेश

  • Technology Khabar | २ पुष २०७९, शनिबार
चिनियाँ चिप निर्माता कम्पनी वाइएमटीसी अमेरिकाको कालोसूचीमा समावेश

काठमाडौं ।

बाइडेन प्रशासनले बिहीबार चिनियाँ मेमोरी चिप निर्माता वाइएमटीसी र आर्टिफिसियल इन्टेलिजेन्स चिप क्षेत्रका २१ “प्रमुख” चिनियाँ खेलाडीहरूलाई व्यापार कालोसूचीमा थपेको छ। चीनको चिप उद्योगमा यसको क्र्याकडाउन फराकिलो पार्दै अमेरिकी प्रशासनले नयाँ सूची जारी गरेको हो।

वाइएमटीसी लामो समयसम्म अमेरिकी सरकारको निगरानीमा रहेको, र यसले अमेरिकी प्रविधिलाई पहिले कालोसूचीमा राखिएको चिनियाँ टेक दिग्गज ह्वावे टेक्नोलोजी कम्पनी लिमिटेड र हिकभिजन तर्फ लानसक्ने डरले सूचीमा थपिएको बताईएको छ।

फेडरल रजिस्टरमा राखिएको यो कदमले वाइएमटीसीका आपूर्तिकर्ताहरूलाई लाइसेन्स प्राप्त गर्न गाह्रो  बनाउँदै अमेरिकी सामानहरू ढुवानी गर्नबाट रोक्ने रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ।

क्याम्ब्रिकन टेक्नोलोजी कर्प र सीईटीसी समावेश गरी व्यापार कालोसूचीमा थपिएका २१ चिनियाँ एआई चिप संस्थाहरूलाई अझ कडा सजायको सामना गर्नु परेको छ। अमेरिकी सरकारले अमेरिकी उपकरणहरूसहित विश्वको जुनसुकै ठाउँमा बनाइएको प्रविधिमा उनीहरूको पहुँचलाई प्रभावकारी रूपमा रोकेको छ।

अर्को उल्लेखनीय नाम पिएक्सडब्लु सेमिकण्डक्टर म्यानुफ्याक्टरी कम्पनी हो, यो एक स्टार्टअप चिप फ्याबलाई शेन्जेन शहर सरकारद्वारा समर्थन गरिएको छ र एक पूर्व-ह्वावे कार्यकारीको नेतृत्वमा छ।

वाणिज्य विभागले बिहीबार चीनको एकमात्र लिथोग्राफी कम्पनी, शंघाई माइक्रो इलेक्ट्रोनिक्स इक्विपमेन्ट ग्रुप कम्पनी लिमिटेड (एसएमईई) सहित चीनको सैन्य आधुनिकीकरणलाई समर्थन गर्न खोजेको आरोपमा नौ चिनियाँ संस्थाहरूलाई पनि निशाना बनाएको छ।

चिनियाँ निगरानी क्यामरा निर्माता टियांजिन टियान्डी वेइ टेक्नोलोजीलाई “चीनको दमन, सामूहिक मनोमानी नजरबन्द र उइगुरहरू विरुद्धको उच्च प्रविधिको निगरानी” अभियानमा भाग लिएको आरोपमा थप्यो।

अमेरिकाको व्यापार कालोसूचीमा कुल ३५ चिनियाँ संस्थाहरू थपिएका थिए, जसलाई इन्टिटि सूची भनिन्छ, साथै वाइएमटीसीको जापान-आधारित सहायक कम्पनीलाई पनि समेटिएको छ।

यस बाहेक बाइडेन प्रशासनले अस्ट्रा जेनेकाको कोभिड १९ खोपका लागि सामग्री बनाउने कम्पनी उक्सी बायोलोजिक्सको सहायक कम्पनी र २६ अन्य चिनियाँ संस्थाहरूलाई तथाकथित अप्रमाणित सूचीबाट हटाएको छ।

प्रकाशित: २ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार