
काठमाडौं ।
कर्णालीमा हुने छुवाछूत, हिंसा, जातीय विभेदजस्ता घटनालाई अब मोबाइल एप्समार्फत दर्ता गर्न सकिने भएको छ।
विभेदका घटना दर्ता र समाधानमा पहल गर्न मोबाइल एपमार्फत सहज हुने अपेक्षा गरिएको छ। समता फाउन्डेसनले डिग्निटी एप्समार्फत त्यस्ता घटना दर्ता गर्ने जनाइएको छ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सो मोबाइल एप्स बुधबार सार्वजनिक गरे।
उनले विभेद तथा छुवाछूत अन्त्यका लागि सो एप्सबाट काम गर्न सहज हुने बताए। समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले कर्णाली प्रदेशभरमा दलितमाथि हुने जातीय विभेद तथा छुवाछूतका घटना एप्सको माध्यमबाट सक्कलन गरिने बताए।
समता फाउन्डेसनका प्रबन्धक तिरुपति परियारले एप्समा घटना अभिलेख दर्ता फलोअप सबै हुने खालको रहेको जानकारी दिए। समता फाउन्डेसनका कर्णाली प्रदेश संयोजक मङ्गलसेन सार्कीले कर्णालीमा दलितको सङ्ख्या बढी भएकाले यो मोबाइल एप्स पहिलो पटक कर्णालीबाट लागू गरिएको जनाए। पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले तथ्यांक सङ्कलनका लागि एप्स सहयोगी हुने अपेक्षा व्यक्त गरे। गोरखापत्रबाट
प्रकाशित: १ पुष २०७९, शुक्रबार