
काठमाडौं ।
फक्सवागनले अस्ट्रेलियामा आफ्नो ईभीले पेट्रोल र डिजल कारको बिक्रीलाई उछिन्ने घोषणा गरेको छ।
जर्मन कार निर्माता कम्पनीले सन् २०२८ सम्ममा विद्यूतीय कारको बिक्रीले पेट्रोल र डिजल कारलाई उछिन्ने प्रक्षेपण गरेको ड्राइभले उल्लेख गरेको छ।
पाँच वर्षभित्रमा अस्ट्रेलियामा फक्सवागनको पेट्रोल र डिजल कारको तुलनामा ईभीको बिक्री धेरै हुनेछ।
भोल्भोले मध्य दशकमा अस्ट्रेलियमा विद्युतीय शक्तिमा स्विच गर्ने घोषणा गरेको छ। अन्य सवारी उत्पादकहरुले पनि २०३० सम्ममा विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुने पर्ने देखिएको छ। हाल अस्ट्रेलियमा ईभीको हिस्सा २.८ प्रतिशत छ।
पेट्रोल र डिजल कारहरुलाई बिक्रीका आधारमा अस्ट्रेलियामा ईभीले पछि पार्ने समय सीमा तोक्ने पहिलो कम्पनी हो।
‘हाम्रो महत्वाकांक्षा एकदमै स्पष्ट छ, हामी यहाँ पानीमा आफ्नो खुट्टा डुबाउन आएका होइनौं,’ फक्सवागन अष्ट्रेलियाका कार्यकारी राल्फ बेकम्यान, उत्पादन र मार्केटिंगका महाप्रबन्धकले वर्षको अन्त्यमा मिडिया ब्रीफिंगमा भने।
हामीले हेरिरहेका २०२४ को भोल्युम आकांक्षा ६५०० (विद्युतीय सवारी) बिक्री मिक्सको भागको रूपमा हो। २०२५ देखि २०३० सम्म १ लाख ५० हजार ईभी बिक्री गर्ने योजना छ। हालको योजनाको आधारमा २०२८ सम्ममा अस्ट्रेलियमा हाम्रो पोर्टफोलियमा ईभीले पेट्रोल र डिजल मोडलाई ओभरटेक गर्नेछ।’
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार