सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा १०८ मेगापिक्सलको मुख्य क्यामरा हुने

  • Technology Khabar | २६ मंसिर २०७९, सोमबार
सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा १०८ मेगापिक्सलको मुख्य क्यामरा हुने

काठमाडौं ।

सामसङ कम्पनीले २०२३ मा ग्यालेक्सी एस २३ सिरिज अन्तर्गतका फ्ल्यागसिप स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारीमा छ। उक्त सिरिजको नेतृत्व गर्दैे ग्यालेक्सी एस २३ अल्ट्रा गीकबेन्चका साथै एफसीसी र टेनाको सर्टिफिकेसन डाटाबेसमा देखा परेको छ।

एसएम–एस९१८० मोडल नम्बर रहेको उक्त फोनमा १४४०x३०८८ पिक्सेलको रेजोलुसन प्रदान गर्ने १६.७ एम कलर सतिहको ६.८ इन्चको स्क्रीन रहेको छ। फोनको तौल २३३ ग्राम र डायमेन्सन १६३.४ एमएम, ७८.१ एमएम र ८.९ एमएम रहेको छ।

स्न्यापड्रागन ८ जेन २ एसओसी सहित ३.३६ गीगाहर्जको पर्फमेन्स कोर फोनमा समावेस गरिएको बताईएको छ। त्यसैगरी फोनमा ८/१२ को र्यामको साथै २५६ जीबी, ५१२ जीबी र वान टेरावाईटको स्टोरेज अप्सन  छ।

सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा स्मार्टफोनमा २०० मेगापिक्सेलको क्यामरा रहने अफवाह भएता पनि २०० मेगापिक्सेलको सट्टा १०८ मेगापिक्सलको क्यामरा रहने लिस्टिङले उजागर गरेको छ। उक्त जानकारीको अनुसार ग्यालेक्सी एस २३ अल्ट्रामा पनि एस २२ अल्ट्रा जेनको जस्तै १०८ मेगापिक्सेलको आईएसओसेल एचएम ३ सेन्सर  छ।

त्यो बाहेक फोनको पछाडिको क्यामरा मोड्यूलमा १२ मेगापिक्सेलको टेलिफोटो र अल्ट्रा–वाईड सेन्सरको साथै २ मेगापिक्सलको अर्को एउटा सेन्सर पनि छ। सेल्फी स्न्यापरको रुपमा भने १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा फोनमा छ।

त्यसैगरी फोनमा ग्य्राभिटी सेन्सर, डिस्ट्यान्स सेन्सर, लाईट सेन्सर र अण्डर-स्क्रीन फिङगरप्रिन्ट रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २६ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...