इलेक्ट्रिक कार उत्पादन गर्न जीप चेरोकी प्लान्ट बन्द

  • Technology Khabar | २६ मंसिर २०७९, सोमबार
इलेक्ट्रिक कार उत्पादन गर्न जीप चेरोकी प्लान्ट बन्द

काठमाडौं ।

जीपको मूल कम्पनी स्टेलान्टिसले इलिनोइसमा रहेको उत्पादन प्लान्ट अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। अर्को वर्षको शुरुमा १ हजार ३५० कमचारीहरु पनि हटाउने बताएको इनग्याजेटले उल्लेख गरेको छ।

अमेरिकी शहर शिकागोबाट ७५ माईल उत्तरपश्चिम बेल्भिडेरेमा अवस्थित प्लान्टमा आन्तरिक दहन इन्जिन जीप चेरोकी क्रसओभर उत्पादन हुँदै आइरहेको छ।

कारहरुलाई विद्युतीयकरण गर्नु परेकाले इलिनोइसको प्लान्ट बन्द गर्नु परेको रोयटर्सले उल्लेख गरेको छ।

‘अटोमोटिभ उद्योग कोभिड–१९ महामारी र विश्वव्यापी माइक्रोचिप अभाव लगायतले प्रतिकूल रूपमा प्रभावित भएको छ, तर सबैभन्दा प्रभावकारी चुनौती भनेको अटोमोटिभ बजारको विद्युतीकरणसँग सम्बन्धित बढ्दो लागत हो,’ कम्पनीले अब के गर्ने भनेर सोच्नु पर्ने भएकाले यो सुविधा स्थायी रूपमा बन्द गर्न सक्ने बताएको छ।

कम्पनीले स्टेलान्टिस चेरोकी उत्पादनलाई मेक्सिकोको टोलुकामा रहेको सुविधामा सार्ने योजना बनाएको छ।

प्रकाशित: २६ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार