डाइसन एयर प्युरिफाइङ हेडफोन जनवरीमा चीनमा सार्वजनिक हुने

  • Technology Khabar | २३ मंसिर २०७९, शुक्रबार
डाइसन एयर प्युरिफाइङ हेडफोन जनवरीमा चीनमा सार्वजनिक हुने

काठमाडौं ।

यस वर्षको शुरुमा सिंगापुरमा आधारित होम एप्लाईन्स उत्पादक डाइसनले जोन एयर प्युरिफाइङ होडफोन प्रस्तुत गर्दै वेयरएवेल टेक्नोलोजी र अडियो क्षेत्रमा प्रवेश गरेको घोषणा गरेको थियो।

डिसेम्बर ८ मा डाइसनले हेडसेट उत्पादनको विस्तृत प्राविधिक मापदण्डको खुलासासँग बिक्रीका लागि उपलब्ध हुने मिति घोषणा गरेको गिजमोडोले उल्लेख गरेको छ।

डाइसन जोन हेडफोनले आवाज कम गर्नुका साथै यसमा एयर प्युरिफायर पनि छ। हाइसन जोन हेडफोन चीनको मुख्य भूमिमा २०२३ जनवरीमा सार्वजनिक गरिनेछ भने अमेरिका, बेलायत, सिंगापुर, हंङकङ र चीनमा मार्चमा सार्वजनिक गरिनेछ।

डाइसन जोनका इयरकपहरु फर्मको सबैभन्दा सानो मोटर छ। जसले डुअल लेयर फिल्टरहरु हावा सोस्दै प्रति मिनेट ९ ७५० रिभोल्युसनमा घुम्छ।

बाहिरी तहमा रहेको इलेक्ट्रोस्टेटिक फिल्टरले ०.१ माइक्रोन जत्तिकै सानो कणको ९९ प्रतिशत समात्न सक्छ, जस्तै एलर्जी र औद्योगिक दहन।

पोटासियम युक्त कार्बन फिल्टरको दोस्रो तहले शहरहरूमा सामान्य ग्यास प्रदूषकहरू फिल्टर गर्नछ र प्रभावकारी रूपमा सेकेन्ड ह्यान्ड धुवाँ र मानव गन्ध कम गर्न सक्छ।

डाइसन जोन एयर–प्युरिफाइङ हेडफोनमा चारवटा वायुप्रवाह मोडहरू छन्। लो विन्ड स्पीड मोड, मिडियम विन्ड स्पीड मोड, हाई विन्ड स्पीड मोड, हाई विन्ड स्पीड मोड र अटोमेटिक मोड रहेका छन्। यो विभिन्न प्रदुषण गतिविधिहरूको लागि उपयुक्त छ।

यो हेडसेट आठ सक्रिय आवाज घटाउने माइक्रोफोनले सुसज्जित छ। प्योर अडियो मोड, एक्टिभ र प्यासिभ आवाज ४० डीबीसम्म हटाउन सक्छ। मास्क तल फ्लिप गरेर कुराकानी मोड शुरु गर्न सकिन्छ र ब्याट्री पावर बचत गर्न र कुराकानीहरू स्पष्ट बनाउन स्वचालित रूपमा प्यूरिफिकेसन फक्सन बन्द गर्न सकिन्छ।

मास्क भाग हटाइयो भने, अडियो फक्सन मात्रै प्रयोग गर्न सकिन्छ।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार