
काठमाडौं ।
भारत सरकारले ३४८ मोबाइल एप माथि प्रतिबन्ध लगाएको छ। इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले यी एप माथि प्रतिबन्ध लगाएको अमर उजालाले उल्लेख गरेको छ।
यी एपले प्रयोगकर्ताको डाटा र निजी जानकारी संकलन गरेर अनधिकृत रुपमा भारत बाहिर पठाउने गरेको आरोप लगाइएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी राज्य मन्त्रीले संसदमा यस विषयको जानकारी दिएका हुन्। यस अघि चीनको ५४ एप माथि भारतले प्रतिबन्ध लगाइसकेको छ।
इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी राज्य मन्त्री राजीव चन्द्रशेखरले बुधबार संसदलाई सूची गर्दै बताए कि सरकारले हालसम्म प्रयोगकर्ताको डाटा संकलन गरेर देश बाहिरकोको सर्भरमा अनधिकृत तरिकाबाट प्रसारित गर्ने ३४८ एप्स ब्लक गरेको छ।
उनले भने, ‘गृह मन्त्रालय (एमएचए)ले ३४८ मोबाइल एप्लिकेसनको पहिचान गरेको थियो। जसले प्रयोगकर्ताका जानकारी संकलन गर्ने र यसलाई प्रोफाइलिङका लागि देश बाहिर स्थित सर्भरमा अनधिकृत तरिकाबाट प्रसारित गरिरहेका थिए।’
सरकारको अनुरोधमा इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयले यी एप ब्लक गरेको हो। यो कारबाहीसूचना प्रौद्योगिकी अधिनियमको धारा ६९ ए अनुसार गरिएको हो। यस प्रकारको डाटा प्रसारणबाट देशको संप्रभुता तथा अखण्डता, रक्षा र राज्य सुरक्षा उल्लंघन हुने उनले बताए। यी मोबाइल एप विभिन्न देशहरुले विकास गरेका हुन्। ब्लक गरिएका एप मध्ये अधिकतम चीनका छन्।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार