सामसङमा पहिलो पटक महिला अध्यक्ष नियुक्त

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
सामसङमा पहिलो पटक महिला अध्यक्ष नियुक्त

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले कम्पनीको ५३ वर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष नियुक्त गरेको छ। ली यंग–हीलाई डिभाइस एक्सपिरेन्स (डीएक्स) डिभिजनको ग्लोबल मार्केटिङ अफिसको अध्यक्ष र प्रमुखमा पदोन्नति गरिएको कोरियाजुङगाङडेल्लीले उल्लेख गरेको छ।

डिभाइस एक्सपिरेन्समा स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स समावेश गर्दछ।

Lee yong_hee

कम्पनीसँग कुल २० अध्यक्ष छन्। २००७ मा कम्पनीमा काम शुरु गरेका लीले ग्यालेक्सी स्मार्टफोनका लागि मार्केटिङको नेतृत्व गरेकी थिइन्।
सन् १९६४ मा जन्मेकी उनले योन्सेई विश्वविद्यालयबाट मेजर अंग्रेजी साहित्यमा स्नातक र नर्थवेस्टर्न विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन्।

लीले आफ्नो करियर युनिलिभर कोरियाबाट सुरु गरे र लोरियल कोरियामा सरिन्।

उनको बढुवा सोमबारदेखि लागू भएको थियो।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार