गुगलको २०२२ को उत्कृष्ट एप र गेम घोषणा

  • Technology Khabar | १७ मंसिर २०७९, शनिबार
गुगलको २०२२ को उत्कृष्ट एप र गेम घोषणा

काठमाडौं ।

गुगलले सन् २०२२ को उत्कृष्ट एन्ड्रोइड एप र उत्कृष्ट मोबाइल गेमको सूची सार्वजनिक गरेको छ। गुगलले क्वास्ट (Questt) लाई उत्कृष्ट एन्ड्रोइडको रुपमा छनोट गरेको छ। एपेक्स लिजेन्ड्स उत्कृष्ट मोबाइल गेम अफ द इयर २०२२ बनेको लाइभमिन्टले उल्लेख गरेको छ।

एन्ड्रोइड विकासकर्ताहरुले हरेक वर्ष गुगल प्ले स्टोरमा हजारौ एप र गेम उपलब्ध गराउने गर्छ। गुगलले वर्षको अन्तिमा यी एपमध्येमा उत्कृष्ट एप र उत्कृष्ट गेमलाई वितेजाको रुपमा घोषाण गर्दै आइरहेको छ।

बीजीएमआईलाई पछि पार्दै एपेक्स लिजेन्ड्स उत्कृष्ट गुगल गेम बन्न सफल भएको हो।

प्रयोगकर्ताको रुचीमा उत्कृष्ट एप बिरियल र उत्कृष्ट गेम एपेक्स लिजेन्ड्स नै रहेको छ।

प्रकाशित: १७ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार