सामसङ ग्यालेक्सी जे फ्लिप फाइभ स्मार्टफोनमा ठूलो कभर डिस्प्ले हुने

  • Technology Khabar | १७ मंसिर २०७९, शनिबार
सामसङ ग्यालेक्सी जे फ्लिप फाइभ स्मार्टफोनमा ठूलो कभर डिस्प्ले हुने

काठमाडौं ।

सामसङले गत वर्षको शुरुवातमा ग्यालेक्सी जे फ्लिप ४ स्मार्टफोन सार्वजनिक गरेको थियो। उक्त स्मार्टफोनको डिजाइन मात्र नभई फिचरहरुमा पनि व्यापक सुधार गरिएको थियो। त्यसै गरि कम्पनीले अब ग्यालेकसी जे फ्लिप फाइभ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ।

सामसङ ग्यालेकसी जे फ्लिप फाइभ स्मार्टफोन नयाँ डिजाइन र ठूलो कभर डिस्प्लेको साथमा आउने बताइएको छ।

ग्यालेक्सी जे फ्लिप ४ को स्क्रिन १.९ इन्चको रहेको छ भने अब आउने ग्यालेक्सी जे फ्लिप फाइभको ३ इन्चको र ठूलो कभर डिस्प्ले हुने डिस्प्ले विश्लेषक रोस योङले बताएको टम्स गाईडले उल्लेख गरेको छ।

दक्षिण कोरियाली कम्पनी सामसङले ग्राहकहरुको उच्च माग अनुसार आउन लागेको ग्यालेकसी जे फ्लिप फाइभको कभर डिस्प्ले ठूलो बनाएको उल्लेख गरेको छ।

उत्त फोल्डेबल स्मार्टफोनको डिस्प्ले ठूलो र आकर्षक रहेको बताइएको छ। ठूलो डिस्प्ले भएकै कारण प्रयोगकर्ताहरलाई स्क्रीनमा कन्टेन्ट हेर्न र पढ्न थप सहज हुने उल्लेख गरीएको छ।

उक्त फोल्डेबल स्मार्टफोनको फिचरहरुको बारेमा पुरा विवरण बहिर नआएता पनि सार्वजनिक हुनु अघि ईन्टरनेट मार्फत फोनको थप जानकारीहरु बाहिरिने बताइएको छ।

प्रकाशित: १७ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार