डिज्नीद्वारा एप्पलले पुनः टेकओभर गर्ने हल्ला अस्वीकार

  • Technology Khabar | १५ मंसिर २०७९, बिहीबार
डिज्नीद्वारा एप्पलले पुनः टेकओभर गर्ने हल्ला अस्वीकार

काठमाडौं ।

डिज्नी अहिले कठिन समयबाट गुज्रिरहेको छ। समस्याहरुका कारण कम्पनीले सीईओ बब चापेकलाई बर्खास्त गरेको छ। उनको स्थानमा बब इगरलाई नयाँ सीईओ बनाइएको छ।

यस्तो अवस्थमा कम्पनीले पुन टेकओभरको हल्लाको सामना गर्नुपरेको गीगचाइनाले उल्लेख गरेको छ। इगरले स्पष्ट रुपमा एप्पलले डिज्नी खरिद गर्न खोजेको हल्लालाई अस्वीकार गरे। एप्पलले डिज्नी खरिद गर्न खोजेको विषय हल्ला मात्र भएको उनको भनाई छ। एप्पलले डिज्नी खरिद गर्न चाहेको हल्ला करिब दुई दशकदेखि चल्दै आइरहेको छ।

यो विषय बारम्बार चर्चामा आउनुको पछाडि आंशिक रुपमा इगर दोषी छन्। इगरले सन् २०१९ मा यस बारेमा आफैं बोलेका थिए, ‘यदि स्टीभ (जब्स) अझै जीवित भएको भए, हामीले हाम्रो कम्पनीहरुलाई एकताबद्ध गर्ने थियौं। वा कम्तिमा हामीले यो सम्भावनालाई धेरै गम्भीतापूर्वक छलफल गर्ने थियौं।’

इजर र जब्स बीच व्यक्तिगत मित्रता थियो।

एप्पल संसारको सबैभन्दा शक्तिशाली कर्पोरेसन मध्ये एक हो। कम्पनीले बिगत लामो समयदेखि राम्रो व्यापार गरिरहेको छ। एप्पल आफ्नो आम्दानीलाई कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने सोचमा छ।

पछिल्लो समय एप्पलले इंग्ल्याण्डको फुटबल क्लब म्यानचेस्टर यूनाइटेड खरिद गर्ने भन्ने हल्ला पनि चलिरहेको छ।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार