भारतीय बिजेनस टाइकुन गौतम अडानीले सुपर एप ल्याउने

  • Technology Khabar | १४ मंसिर २०७९, बुधबार
भारतीय बिजेनस टाइकुन गौतम अडानीले सुपर एप ल्याउने

काठमाडौं ।

भारतीय बिजनेस टाइकुन गौतम अडानीले नयाँ सुपर एप ल्याउने भएका छन्। एसियाकै धनी व्यक्ति अडानीले यसअघि भारतको ५जी स्पेक्ट्रम लिलामीमा भाग लिएर सबैलाई चकित पारेका थिए। अब गौतम अडानीले छिट्टै आफ्नै एप लन्च गर्ने खबर बाहिर आएको छ। मिडिया रिपोर्टहरूले यो एपलाई ‘सुपर एप’ भनेका छन्।

रिपोर्टमा उल्लेख भएअनुसार यो ‘सुपर एप’ मार्फत अडानी समूह डिजिटल संसारमा प्रवेश गर्न लागेको छ। अडानीले ल्याउने सुपर एपको साथ, प्रयोगकर्ताहरूलाई अडानी समूहका सबै सेवाहरू, ई-कमर्स प्लेटफर्महरू, आदिमा पहुँच दिइनेछ।

सुपर एप कन्सेप्ट चिनियाँ मोडलबाट आएको हो, जसमा किनमेल, भुक्तानी, सेवा, वित्त, सामाजिक सञ्जाल जस्ता सुविधाहरू एकैसाथ उपलब्ध हुन्छन्।

ब्लूमबर्गको रिपोर्ट अनुसार गौतम अडानीले हालैको एक अन्तर्वार्तामा यो ‘सुपर एप’ एक इन-हाउस स्टार्टअप कम्पनीले विकास गर्न लागेको बताएका थिए । यो एप आगामी ३ देखि ६ महिनामा लन्च गर्न सक्नेछ।

रिपोर्टका अनुसार यो सुपर एपले प्रयोगकर्ताहरूलाई अडानी नेटवर्क एयरपोर्टहरूलाई अन्य सेवाहरूसँग लिंक गर्न सक्षम बनाउनेछ। अहिले अडानी समूहको भारत र एशियाली देशहरूमा सातवटा एयरपोर्टहरू छन्। यति मात्र होइन, अडानी समूहले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको पनि तयारी गरिरहेको छ।

समाचारमा अडानीको यो ‘सुपर एप’ ले किनमेल, भुक्तानी, मनोरञ्जन, सामाजिक सञ्जाल र वित्तीय सेवाहरूसँगै उपलब्ध गराउने अनुमान गरिएको छ।

यस वर्षको सुरुमा भारतीय बजारमा टाटा समूहले न्यु सुपर एप ल्याएको थियो, जसमा टाटा समूहका सबै सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराइन्छ।

प्रकाशित: १४ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...