
काठमाडौं ।
एप्पल आईफोन १५ सिरिजमा सोनीको स्टेट अफ द आर्ट इमेज सेन्सर दिइने भएको छ। कम प्रकाशमा उत्कृष्ट फोटोग्राफीको अनुभव प्रदान गर्न एप्पलले आगामी आईफोन १५ सिरिजमा सोनीको क्यामरा प्रयोग गर्ने योजना बनाएको दहिन्दुबिजनेसलाइनले उल्लेख गरेको छ।
सोनीको ’स्टेट अफ द आर्ट’ इमेज सेन्सरले स्ट्यान्डर्ड सेन्सरहरूको तुलनामा प्रत्येक पिक्सेलमा स्याचुरेसन लेभल बढाउनेछ। यसले अन्डरएक्सपोजर र ओभरएक्सपोजर दुवैलाई सन्तुलनमा राख्न थप प्रकाश खिच्न सक्षम हुने रिपोर्टमा उल्लेख छ।
यद्यपि, योअझै अनिश्चितता छ कि एप्पलले सम्पूर्ण आईफोन १५ सिरिज वा केवल हाई एन्ड प्रो मोडेलहरूमा सोनीको सेन्सर प्रयोगमा ल्याउनेछ। यस बाहेक एप्पल आईफोन १५ सिरिजमा घुमाउरो रियर एजलाई टाइटेनियम फ्रेमवर्कले विस्तापित गर्ने बताइएको छ।
साथै आगामी आईफोन १५ सिरिजमा एप्पलले पहिलो पटक यूएसबी–सी चार्जिङ पोर्ट दिनेछ।
प्रकाशित: १४ मंसिर २०७९, बुधबार