
काठमाडौं ।
क्वालकम स्न्यापड्रागन ८ जेन २ को आगमनसँगै स्मार्ट फोनका थुप्रै ब्राण्डहरुले सो चिप राखेर नयाँ फ्ल्यागसिप मोडलहरु लन्च गर्ने योजना बनाइरहेका छन्।
यस्तोमा वान प्लसले स्न्यापड्रायगन फ्ल्यागसिप चिप प्रयोगगरी वान प्लस ११ फोन २०२३ मा लन्च गर्ने तयारी गरेको लाइभमिन्टले उल्लेख गरेको। तर कम्पनीको तर्फबाट आधिकारिक रुपमा फोन सार्वजनिक हुने मिति घोषणा गरिएको छैन।
गत शुक्रबार वान प्लस फोनलाई ब्लुटुथ एसआईजी प्रमाणित गरिएको बताइएको छ। यो वान प्लस फोनको ठ्याक्कै पहिचान खुल्न नसके पनि सीपीएच २४५१ मोडल नम्बर रहेको उक्त फोन वान प्लस ११ वा नर्ड सिरिजको हुन सक्ने अनुमान टेक ब्लगरहरुको छ।
सर्टिफिकेसन विवरणमा उल्लेख भए अनुसार एन्ड्रोइड १३ को अक्सिजन ओएस १३ सिस्टमा आधारित रहेको हुनाले उक्त फोन वान प्लस नर्ड मोडलको हुन सक्ने भनेर अनुमान पनि गरिएको छ। उक्त फोन वान प्लस नर्ड सीई ३ वा वान प्लस नर्ड सीई ३ लाईट मध्ये कुन हो अहिलेको स्थितिमा यकिन गरेर भनि हाल्न नसकिने भनेर उल्लेख गरिएको छ।
वान प्लस ११ को फिचरहरु
वान प्लस ११ मा प्रोसेसरको रुपमा स्न्यापड्र्यागन ८ जेन २ समावेस गरिएको छ। फोनमा ६.७ इन्चको एलटीपीओ सिंगल होल कर्भ स्क्रिन र डिस्प्लेको अप्पर लेफ्ट कर्नरमा पंच होल रहनेछ। साथै १०० वाट फास्ट चार्ज सपोर्ट गर्ने ५००० एमएएच को ब्याट्रि फोनमा उपलब्ध हुने भनेर बताइएको छ।
वान प्लस ११ इन्जिनियरिङ मोडलमा मेटल मिडल फ्रेम हुनेछ। यसैगरि फोनमा अप्टिकल स्क्रिन फिंगरप्रिन्ट सेन्सर र थ्री स्टेज म्यूट बटन पनि समावेस गरिएको छ। त्रिपल रियर क्यामेरा सेटअप रहेको फोनमा ५० मेगापिक्सेल, ४८ मेगापिक्सेल र ३२ मेगापिक्सेल गरी तीन ओट लेन्स कम्बो भएको बताइएको छ। क्यामेराको ०.६ एक्स देखि २० एक्स जूम रेन्ज रहेको उल्लेख गरिएको छ।
प्रकाशित: १३ मंसिर २०७९, मंगलवार