
काठमाडौं ।
अमेरिकी स्मार्टफोन तथा प्रविधि कम्पनी एप्पलले आईफोन सिरिजको बक्समा चार्जर दिन बन्द गरेको थियो। कम्पनीले वातावरणीय कारणले गर्दा नयाँ आईफोनसँग चार्जर नपठाउने निर्णय गरेको जनाएको छ।
आईफोनको बक्समा चार्जरको सट्टा टाइप–सी केबल दिइएको छ। ग्राहकले आइफोन चार्जर छुट्टै किन्नुपर् । तर, यसबारे धेरै बजारमा असन्तुष्टि रहेको छ। ब्राजिलमा सरकार र अदालतले यसका लागि एप्पललाई करोडौं डलर जरिवाना गरेको छ र चार्जरबिना आईफोन बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।
ब्राजिलमा न्याय मन्त्रालयले खुद्रा पसलबाट सयौं आईफोन जफत गर्न आदेश दिएको छ। टेक्नोब्लगले रिपोर्ट गरेअनुसार ब्राजिलको उपभोक्ता संरक्षण नियामकले आईफोनहरूसँग चार्जरहरू उपलब्ध नगराएकोमा खुद्रा स्टोरहरूबाट सयौं आईफोनहरू जफत गरेको छ।
यस कदमको उद्देश्य एप्पललाई स्थानीय कानूनको पालना गर्न बाध्य पार्ने हो जसमा स्मार्टफोन कम्पनीहरूले बक्समा चार्जरहरू उपलब्ध गराउन आवश्यक छ। यस सम्बन्धमा कम्पनीले ब्राजिल सरकारलाई आईफोन बिक्री गर्न अनुमति दिन अनुरोध गरेको छ। यससँगै स्थानीय अदालतमा निवेदन पनि परेको छ।
एप्पलले यो कानुनी मुद्दा जित्नेमा विश्वस्त रहेको बताएको छ। डिभाइसहरू चार्ज गर्ने र जडान गर्नका लागि ग्राहकहरूलाई विभिन्न विकल्पहरूबारे जानकारी रहेको कम्पनीले जनाएको छ। करिब दुई महिनाअघि ब्राजिलको साओ पाउलो अदालतले आईफोनको चार्जर उपलब्ध गराएको भन्दै कम्पनीलाई १० करोड बीआरएल जरिवाना गरेको थियो र आईफोनको चार्जर उपलब्ध गराउन भनेको थियो।
उपभोक्ता र करदाताहरूले एप्पल विरुद्ध कानुनी मुद्दा दायर गरेका छन्। कम्पनीले चार्जरबिना आईफोन बिक्री गरेर बजारमा आफ्नो बलियो स्थितिको दुरुपयोग गरिरहेको दाबी गरेको छ। कम्पनीले कार्बन उत्सर्जन घटाउन चार्जर दिन बन्द गरेको बताएको थियो।
यसअघि ब्राजिल सरकारले आईफोनको बक्समा चार्जर नदिएको भन्दै कम्पनीलाई १.२ लाख बीआरएल जरिवाना गरेको थियो। ब्राजिल सरकारले ग्राहकलाई पूर्ण उत्पादन नदिइएको बताएको छ। कम्पनीलाई ब्राजिलमा चार्जर बिनाको आईफोन बिक्री बन्द गर्न पनि आदेश दिइएको थियो।
प्रकाशित: १२ मंसिर २०७९, सोमबार