रिमाक नेभरा विश्वको तीब्र गतिको इलेक्ट्रिक कार

  • Technology Khabar | १२ मंसिर २०७९, सोमबार
रिमाक नेभरा विश्वको तीब्र गतिको इलेक्ट्रिक कार

काठमाडौं ।

नेभेरा तीब्र गतिको इलेक्ट्रिक कार बन्न सफल भएको छ। क्रोएसियाली निर्माता रिमाकले आफ्नो नेभरा ईभीबाट ४१२ किलोमिटर प्रति घन्टाको गति लिन सफल भएको हो।

रिमाकको नेभरा सुपरकारले आफ्नो स्पीडोमिटरमा ४१२ किलोमिटर प्रति घण्टाको अंक हासिल गरेर संसारको सबैभन्दा तीब्र गतिको इलेक्ट्रिक कार बन्न सफल भएको मलयामेलले उल्लेख गरेको छ।

यो उपलब्धी जर्मनीको पापोनबर्ग परीक्षण केन्द्रमा हासिल गरिएको हो। जहाँ ४ किकलोमिटर लामो दुई ओटा सीधा ट्रयाक भएको अन्डाकार आकारको सर्किट छ। यो सर्किट विशेष गरी उच्च गतिको लागि उपयुक्त छ।

नेभरा यो रेकर्ड हासिल गर्न परिमार्जन गरिएको थिएन। यसको इन्जिन सेटिङहरु अप्टिमाइज गरिएको थियो।

ब्रान्डको नियमित परीक्षण चालक, ब्रान्डको प्रमुख परीक्षण र विकास चालक मिरो र्जन्सेभिकले ४०० किलोमिटरभन्दा बढीमा कार चलाएका हुन्।

रिमाक नेभराको ४ इलेक्ट्रिक मोटरले १९१४ हर्सपावर जेनेरेट गर्छ। नेभराले ० देखि १०० किलोमिटर प्रति घण्टा २ सेकेन्ड र ० देखि १६० किलोमिटर ४.३ सेकेन्डमा हासिल गर्न छन्।

प्रकाशित: १२ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार