
काठमाडौं ।
विद्युतीय सवरी प्रति उपभोक्ताहरुको आकर्षण बढ्दो क्रममा छ। तर अधिक मूल्यका कारण इलेक्ट्रिक सवारी आमग्राहकको पहुँचभन्दा बाहिर छ।
पछिल्लो समय केही स्टार्टअप कम्पनीहरुले सस्तो मूल्य विद्युतीय सवारी ल्याउनेतर्फ काम गरिरहेका छन्।
यस्तो इभोलेट पोनी ईजेडले स्मार्टफोनको मूल्यमा इलेक्ट्रिक स्कुटर प्रस्तुत गरेको ड्राइडस्पार्कले उल्लेख गरेको छ।
इभोलेट पोनी ईजेड इलेक्ट्रिक स्कुटरको मूल्य ३९ हजार ४९९ भारु (एक्स शोरुम) तोकिएको छ।
यस इलेक्टिक स्कुटरमा वारप्रुफ बीएलडीसी २५० वाट मोटर दिइएको छ। फुल चार्जमा स्कुटरले ९० देखि १२० किलोमिटर रेञ्ज प्रदान गर्छ। यसको टप स्पीड २५ किलोमिटर प्रति घण्टा छ।
इभोलेट पोनी ईजेड इलेक्ट्रिक स्कुटरको फ्रन्ट र ब्याकमा ड्रम ब्रेक दिइएको छ। इलेक्ट्रिक स्कुटर लिड एसिड र लिथियम आयन दुई ब्याट्री भेरियन्टमा उपलब्ध छ। लिड एसिड मोडल ८ देखि ९ घण्टामा फुल चार्ज हुन्छ भने लिथियम आयन मोडल ३ देखि ४ घण्टामा फुल चार्ज हुन्छ।
स्कुटरको ब्याट्रीमा १ वर्ष र मोटरममा १८ महिनाको वारेन्टी छ। इभोलेट पोनी ईजेड इलेक्ट्रिक सानो स्कुटर हो। यसलाई सबै उमेर समूहका व्यक्तिले सहजै चलाउन सक्छन्। कम्पनीले कलेज विद्यार्थी र गृहणीको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरेको छ।
स्कुुटरको कुल तौल ९० किलोग्राम छ र यसको भार क्षमता १५० किलोग्राम छ।
प्रकाशित: ११ मंसिर २०७९, आईतवार