७० प्रतिशतभन्दा धेरै आईफोन १४ डिभाइसमा सामसङ ओएलईडी प्रयोग हुने

  • Technology Khabar | १० मंसिर २०७९, शनिबार
७० प्रतिशतभन्दा धेरै आईफोन १४ डिभाइसमा सामसङ ओएलईडी प्रयोग हुने
आईफोन १४ प्रो

काठमाडौं ।

सामसङ ओएलईडी डिस्प्ले बजारको मुख्य उत्पादक रहेको छ। एप्पलले आफ्नो आईफोनका लागि पनि कोरियाली निर्माताको प्यानलहरु प्रयोग गर्ने गर्छ।

नयाँ रिपोर्टका अनुसार सामसङले आईफोन १४ डिभाइसका लागि ७० प्रतिशतभन्दा बढी ओएलईडी प्यानल आपूर्ति गर्न गइरहेको छ। दुबै आईफोन १४ र आईफोन १४ प्लसमा रेगुलर प्यानल र आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा एलटीपीओ डिस्प्ले रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

कोरियाली समाचार आउटलेट दइलेकका अनुसार एप्पले आफ्नो सबैभन्दा नयाँ मुख्य सिरिज १२० मिलियन युनिट निर्माण गर्ने योजना बनाएको छ।
तीमध्ये कम्तिमा ८० मिलियनले सामसङ प्यानल, २० मिलियनले एलजी डिस्प्ले प्रयोग गर्नेछन् भने ६ मिलियनले बीओई (चीनको एलईडी निर्माता)को प्यानल प्रयोग गर्नेछन्। बाँकी युनिटका लागि आपूर्तिकर्ता निर्धारण हुन बाँकी छ।

रिपोर्टका अनुसार सामसङ र एलजीले आईफोन १४ का ४ सिरिजका लागि प्यानल उपलब्ध गराउनेछन् भने बीओईले भ्यानिला आईफोन १४ को लागि ६.१ इन्च एलटीपीएस ओएलईडी उत्पादन गर्नेछ।

८० मिलियन युनिटमध्ये सामसङ डिस्प्लेले तीमध्ये ६० मिलियनभन्दा बढी प्रो मोडलमा प्रयोग हुने विश्वास गरिएको छ। प्रो मोडलको बिक्री राम्रो भइरहेको छ।

प्रकाशित: १० मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार