
काठमाडौं ।
भारतीय इलेक्ट्रिक भेहिकल स्टार्टअप प्रवेग डायनामिक्सले आफ्नो पहिलो प्रिमियम इलेक्ट्रिक एसयूभी प्रवेग डिफाय सार्वजनिक गरेको छ। बैंगलोरको कम्पनीले प्रवेग डिफाय मूल्य ३९ लाख ५० हजार भारु (एक्स शोरुम) तोकेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
५१ हजार भारुमा कम्पनीले बुकिङ पनि लिन शुरु गरेको छ।
कम्पनीले अप्रिल २०२३ देखि प्रवेग डिफाय डेलिभरी शुरु गर्नेछ। प्रवेग डिफाय ठूलो साइजको मस्कुलर इलेक्ट्रिक एसयूभी हो जसमा धेरै मोडर्न फिचर दिइएको छ।
डुअल टोन रुफले कारलाई स्टाइलिस रुप प्रदान गरेको छ। यस एसयूभीमा एलईडी हेडलाइट र एलईडी टेल लाइटसँगै ठूलो बम्पर दिइएको छ। यसमा एग्जीक्यूटिभ क्लास फिचर दिइएको छ।
कारमा १५ इन्चको ल्यापटप राख्ने स्पेस पनि दिइएको छ। यसका साथै इलेक्ट्रोनिक डिभाइस चार्ज गर्नका लगि २२० भोल्टको सकेट पनि दिइएको छ। केबिन भित्र ताजा हावा प्रवाह गर्नका लागि पीएम २.५ एयर फिल्टर पनि राखिएको छ। साथै १५.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र मिररलिंक सपोर्ट लगायत हाईटेक फिचर छ।
कारमा ९० किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ। यसमा डुअल मोटर सेटअपका साथै अल ह्वील ड्राइभ सिस्टम पनि छ। यस इलेक्ट्रिक एसयूभीले फुलचार्जमा ५०४ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको टप स्पीड २१० किलोमिटर प्रति घण्टा छ।
कार ३० मिनेटमा ० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ। यस एसयूभीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।
प्रकाशित: १० मंसिर २०७९, शनिबार