
काठमाडौं ।
सामसङले एप्पलबाट प्रेरणा आफ्नो स्मार्टफोनमा स्याटेलाइट कम्युनिकेसन फिचर ल्याउने भएको छ। एप्पलले आफ्नो नयाँ आईफोन १४ सिरिजमा आपतकालीन अवस्थामा स्याटेलाइटबाट सञ्चार गर्न सकिन फिचर छ। यसका लागि एप्पलले ग्लोबरस्टारसँग साझेदारी गरेको छ।
सामसङले आफ्नो ग्यालेक्सी एस२३ फ्यामलीमा स्याटेलाइट कम्युनिकेसन फिचर ल्याउन इरिडियमसँग काम गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
इरिडियम एक लो अर्थ अर्बिट स्याटेलाइट कन्स्टलेसन हो जसले आवाज र डाटा सेवाहरु प्रदान गर्दछ। सामसङले विगत दुई वर्षदेखि स्मार्टफोनमा स्याटेलाइट कम्युनिकेसन ल्याउने प्रविधिमा काम गरिरहेको छ।
सामसङ ग्यालेक्सी एस२३ पनि स्याटलाइट कम्युनिकेसन सुरुवात हुन सक्छ। यसबाट म्यासेज र साना तस्बिर स्याटेलाइटका माध्यमबाट पठाउन सकिन्छ।
प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार