रिभर्स मोड र क्रुज कन्ट्रोल युक्त इलेक्ट्रिक स्कुटर सार्वजनिक

  • Technology Khabar | ९ मंसिर २०७९, शुक्रबार
रिभर्स मोड र क्रुज कन्ट्रोल युक्त इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं ।

इलेक्ट्रिक टू ह्वीलर कम्पनी कोमाकी इलेक्ट्रिकले भारतमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर कोमाकी फ्लोरा सार्वजनिक गरेको छ। इलेक्ट्रिक स्कुटर कोमाकी फ्लोराको मूल्य ७८ हजार ९९९ भारु (एक्स-शोरुम) तोकिएको छ।

इलेक्ट्रिक स्कुटर कोमाकी फ्लोरा जेट ब्ल्याक, गार्नेट रेड, स्टील ग्रे र सैक्रमेन्टो ग्रीन कलरमा उपलब्ध छ। यो कम्पनीको हाई स्पीड इलेक्ट्रिक स्कुटर रेञ्जको ८ औ एडिसन हो।

नयाँ इलेक्ट्रिक स्कुटर कोमाकी फ्लोरामा सुरक्षित ब्याट्री दिइएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। कम्पनीका अनुसार स्कुटरमा अल्ट्रा मोडर्न हिट प्रुफ लिथियम आयन फेरो फोस्फेट ब्याट्री प्रयोग गरिएको छ। यो ब्याट्री प्याकलाई ग्राहकले सहजै परिवर्तन गर्न सक्छन्।

स्कुटरको लुक स्ट्यालिस छ। यसमा रहेको राउन्ड सेपको हेडल्याप्समा क्रोमको प्रयोग गरिएको छ। स्कुटरको सिट कफर्टेबल रहेको छ र पछाडि बस्ने व्यक्तिका लागि अतिरिक्त व्याक रेस्ट पनि दिइएको छ। साथै डुअल फुटरेस्ट र फ्लैट फट बोर्ड पनि छ।

यसमा सेल्फ डाइगोस्टिक मिटरका साथै भाइब्रेन्ट ड्यासबोर्ड, रिभर्स थियर, पार्किङ तथा क्रुज कन्ट्रोललगायत फिचर छ।

इलेक्ट्रिक स्कुटर कोमाकी फ्लोराले फुल चार्जमा ८० देखि १०० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। १.८ देखि २ यूनिट विजुलीमा स्कुटर फुल चार्ज हुन्छ।

प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...