
काठमाडौं ।
केही महिना अघि टाटा मोटर्सले टियागो ईभी भारतीय बजारमा सार्वजनिक गरेको थियो। उक्त सार्वजनिक कार्यक्रममा कम्पनीले टिगोर ईभीमा अपडेट गर्ने जानकारी दिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
टियागो ईभीमा रहेको केही फिचर टिगोर ईभीमा नरहेकाले कम्पनीको तर्फबाट उक्त घोषणा आएको हो। टाटा मोटर्सले अपडेटेड टिगोर ईभीको टिचर जारी गर्न शुरु गरेको छ।
रिपोर्टका अनुसार अपडेटेड टिगोर ईभी केही दिनमा सार्वजनिक हुन सक्छ। टाटा टिगोर ईभी नयाँ फिचरका साग
नयाँ कलर भेरियन्टमा ल्याइने सम्भावना छ। हाल इलेक्ट्रिक कम्प्याक्ट सेडान दुई कलर सिग्नेचर टील ब्लू र डेटोना ग्रेमा बिक्री हुँदै आइरहेको छ।
अब टाटाले म्याग्नेटिक रेड पनि बिक्री गर्नेछ। यो नियमित टिगोरमा पहिले देखि उपलब्ध छ। नयाँ कलर स्कीमा ब्लू एक्सेन्ट्स पनि दिइने छ जसले आईसीई इन्जिन टिगोरको तुलनामा टिगोर ईभी भिन्न देखिन्छ। टिगोर ईभीमा क्रुज कन्ट्रोल दिइनेछ जुन नेक्सन ईभी प्राइममा पनि उपलब्ध छैन।
ईभीमा रहेको लेदर अपहोल्स्ट्रीले केबिनलाई प्रिमियम लुक प्रदान गर्नेछ। अटोमेटिक हेडल्याप र रेन सेन्सिङ भाइपर पनि देख्न सकिन्छ।
टियागो ईभीको रिजेनरेसन मोडलाई टिगोर ईभीमा पनि दिइन सकिन्छ। हालको टिगोर ईभीको इलेक्ट्रिक मोटरले ७४.७ पीएस अधिकतम पावर र १७० एनएम टर्क जनरेट गर्न सक्षम छ। साथै यसमा ईको र स्पोर्ट दुई ड्राईभ मोड पनि दिइएको छ।
ईभीमा लिक्विड-कूल्ड आईपी६७ रेटेड २६ किलोवाट ब्याट्री दिइएको छ। टिगोर ईभीले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टा रफ्तार लिन सक्छ। कारको एआरएआई सर्टिफाइड ड्राइभिङ रेञ्ज ३०६ किलोमिटर छ। वास्तविक ड्राइभिङ रेञ्ज १८० देखि २०० किलोमिटर रहेको छ।
टिगोर ईभी एक्सई, एक्सएम र एक्सजेड प्लस भेरियन्टमा बिक्री गरिन्छ।
यसमसा प्रोजेक्टर हेडल्याम्प, बम्परमा जोडिएको एलईडी डीआरएल्स, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, हाइट एड्जस्टेबल ड्राइभर सीट र इलेक्ट्रिकली एड्जस्टेबल वा फोल्डेबल ओआरबीएम्सलगायत फिचर छ।
प्रकाशित: ७ मंसिर २०७९, बुधबार