‘सामसङ’ २०२१ मा सबैभन्दा बढी प्रयोग हुने पासवर्ड

  • Technology Khabar | ६ मंसिर २०७९, मंगलवार
‘सामसङ’ २०२१ मा सबैभन्दा बढी प्रयोग हुने पासवर्ड

काठमाडौं ।

कम्प्युटर प्रयोगकर्ताले आफ्नो डाटा तथा सूचनालाई सूरक्षित राख्नका लागि पासवर्डको प्रयोग गर्छन्। जटिल पासवर्डले प्रयोगकर्ताको डाटा तथा सूचनालाई सूरक्षा प्रदान गर्छ। पासवर्डलाई गाह्रो बनाउनका लागि केही एप तथा वेबसाइहरुले पासवर्ड बलियो बनाउन प्रयोगकर्ताहरुलाई नम्बर, क्यापिटल लेटर वा चिन्हहरु थप गर्न आग्रह गर्छन्।

कतिपयले पासवर्डमा निश्चित अक्षरहरु भन्दा कम हुनु हुँदैन भन्नेमा जोड दिन्छन्। तर केही व्यक्तिहरु पासवर्ड राख्ने मामलामा एकदमै अल्छी हुने गर्छन्। केही प्रयोगकर्ताले जन्म मितिलाई पासवर्डका रुपमा प्रयोग गर्छन्।

यो पत्ता लगाउन सबैभन्दा सजिलो पासवर्ड हो। केही अल्छी व्यक्तिहरु आफ्नो पासवर्ड नै कम्पनीको नाम राख्छन्।

गिगचाइनाले प्रकाशित गरेको रिपोर्ट अनुसार सबैभन्दा चर्चित पासवर्डमा ‘सामसङ’ (samsung) रहेको छ।

पासवर्ड म्यानेजमेन्ट सलुसन कम्पनी ‘नोर्डपास’को एक अध्ययनमा(samsung) वा (Samsung) कम्तिमा ३० देशहरुमा सबैभन्दा बढी प्रयोग हुने पासवर्डहरु मध्ये एक हो। यसले विश्वभरका लाखौं प्रयोगकर्ताहरु जोखिम रहेको देखिन्छ।

प्रयोगकर्तालाई मनपर्ने स्मार्टफोन/टिभी/डिभाइस ब्रान्डको नाम (samsung) पासवर्डको रुपमा प्रयोग गर्नु खतरा मानिन्छ। विगत केही वर्षदेखि यस्तो ट्रेन्ड बढ्दो क्रममा छ। सन् २०१९ मा (samsung) पासवर्ड १९८ औं स्थानमा थियो। सन् २०२० मा १८९ औं स्थानमा रहेको सन् २०२१ मा (samsung) पासवर्ड ७८ औं स्थानमा रहेको छ।

(samsung) पासवर्ड पहिलो पटक शीर्ष सय स्थान भित्र पर्न सफल भएको हो।

संसारको सबैभन्दा चर्चित पासवर्ड (password) रहेको छ। विश्वका ५० लाख भन्दा बढी मासिनले आफ्नो पासवर्ड (password) राख्ने गर्छन्। अन्य चर्चित पासवर्डमा १२३४५६, १२३४५६७८९ र guest रहेको छ।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...